Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


गौरीघाटमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, २१, २०८१


गौरीघाटमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६३५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । काठमाडौंको गौरीघाटमा हिलारी इङ्लीस स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ६३५ जनाको काठमाडौं मेडिकल कलेजका स्वास्थ्य टोलीले स्वास्थ्य जाँच गरेका हुन् । 

शिविरमा ८२ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे, ६८ जनाको इसिजी गरिएको र १८ जनाको दाँत खोलिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरबाट थप उपचारका लागि ३२ जनालाई रेफर पनि गरिएको छ । 

शिविरमा नाक कान घाँटी, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी र जनरल मेडिसिनको सेवा दिइएको छ । जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सांसद शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको हो । डा. शर्माको स्वास्थ्य शिविरबाट देशभरका लाखौं जनता लाभान्वित भइसकेका छन् । 














0 प्रतिकृया