Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


नयाँ गीत कोइली बनैमा सार्वजनिक

एक्सन खबर
पौष, ८, २०८१




नयाँ गीत कोइली बनैमा सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ । गीतलाई लय युस्कल छिनालले गरेका छन । संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन् ।

माया प्रेममा आधारित यस गीतमा विशेषगरी गाउँघरमा केटाकेटी विच बसेको माया प्रेमलाई मुख्य कथावस्तु बनाइएको  छ । गीतमा केटाले आफुले मनपराएको केटीलाई तिम्रो मनमा म  भएपनि नभएपनि तिमि भने मेरो मनमा सधै भरी रहिरहने छौ भन्ने कुरा देखाउन खोजिएको छ ।

त्यसैगरी केटिले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्द मार्फत देखाउन खोजिएको छ । लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दिपेश बिष्टले आफुले गरेका सबै गीत उत्तिकै राम्रा लाग्ने तथा यो गीतमा सम्पूर्ण टिमले मेहनत गरेकाे बताए ।

गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले गरेका छन् भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेका छन् । उनलाई जुना विश्वकर्माले साथ दिएकी छन् । मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन  भने मनोज कार्कीले गरेका छन् ।

गीत दिपेश बिष्ट अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

हेर्नुहाेस् म्युजिक भिडियाे..














0 प्रतिकृया