काभ्रेकाे खानीखाेला गाउँपालिकामा सांसद शर्माकाे निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सञ्चालन गरेकाे निःशुल्क स्वास्थ्य शिविरबाट काभ्रेकाे खानीखाेला गाउँपालिकामा ७३५ जना सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)सँगकाे सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट खानीखाेला गाउँपालिकाका जनता लाभान्वित भएका हुन् ।
ग्रेस नेपालको आयोजना तथा अप्टिमिस्ट इन्टरनेशनलको सहआयोजनामा पालिकाको वडा नम्बर ५ को कार्यालयमा भएको स्वास्थ्य शिविरमा ७३५ बिरामीले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । शिविरमा ७५ जनाको ल्याब परीक्षण, ८९ जनाको ईसीजी, १३५ जनाको भिडियो एक्सरे गरिएको थियो । भने, ३२ जनाको दाँत खोल्दा ७ जनाको माइनर शल्यक्रियासमेत गरिएको केएमसीका प्रबन्धक दाहालले बताउनु भयाे ।
शिविरबाट ३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । डा. शर्माले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहनु भएकाे छ । निःशुल्क स्वास्थ्य शिविरबाट देशभर लाखाैं जनता लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया