Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


नेपाल चीन सिमानामा ७.१ म्याग्निट्यूडको भूकम्प

एक्सन खबर
पौष, २३, २०८१




नेपाल चीन सिमानामा ७.१ म्याग्निट्यूडको भूकम्प

काठमाडौँ । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ । बिहान ६:५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो । नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएपनि भौतिक वा मानवीय क्षतिको विवरण आइसकेको छैन । ‘भूकम्प ठूलै आएको महसुस भयो । यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन । लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ ।’ विश्वकर्माले भने ।

नेपाली अधिकारीले चाहिँ उक्त भूकम्पको केन्द्रबिन्दु चीनमा रहेको बताएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले भनिन्, ‘यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो । तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ ।’

उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । गृह मन्त्रालयले क्षतिको विवरण सङ्कलन सुरु भइसकेको बताएको छ । एकाविहानै भूकम्पकाे झड्का महशुष भएपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए । 













0 प्रतिकृया