Follow us:


Follow us

२४ जेठ २०८३, आइतवार
२४ जेठ २०८३, आइतवार


सांसद शर्मा र केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ४२८ जना लाभान्वित

एक्सन खबर
पौष, २६, २०८१


सांसद शर्मा र केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ४२८ जना लाभान्वित

काठमाडौं । सांसद सुनिल कुमार शर्मा र काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको सानेपामा ४२८ जना लाभान्वित भएका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत नेपाली कांग्रेसका सांसद डा. शर्मा र केएमसीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका ४२८ जना नागरिक लाभान्वित भएका हुन् । 

शिविरमा ८४ जनाको भिडियो एक्सरे, ६५ जनाको इसिजी, ७८ जनाको ल्याब परीक्षण तथा २८ जनाको दाँत खोलिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट २२ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । 

ललितपुर महानगरपालिका वडा नं. २ सँगको सहकार्यमा टीका विद्याश्रम माध्यामिक विद्यालय प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नाक, कान घाँटी, आँखा रोग, जनरल शल्यक्रिया, दन्त रोग, हाडजोर्नी लगायतको सेवा दिइएको थियो । 

सांसद शर्मा र केएमसीले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहनु भएको छ । शिविरबाट गरिब, विपन्न तथा स्वास्थ्य उपचारको पहुँचबाट टाढा रहेका नागरिक बढी लाभान्वित भइरहेका छन् ।   
















0 प्रतिकृया