Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


सांसद सुनिल शर्मा र केएमसीको निःशुल्क स्वास्थ्य शिविर रोल्पामा, १८७५ जनाको उपचार

एक्सन खबर
माघ, ३, २०८१




सांसद सुनिल शर्मा र केएमसीको निःशुल्क स्वास्थ्य शिविर रोल्पामा, १८७५ जनाको उपचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा र काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरबाट १८७५ जना बिरामी लाभान्वित भएका छन् । रोल्पाको माडीचौरमा आयोजित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा उपचारार्थ आउने बिरामीको लर्को लागेको थियो । 

काठमाडौं मेडिकल कलेजका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालका अनुसार शिविरमा रोल्पा नगरपालिकाका स्थानीयले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा १३७ जनाको इसिजी, १५६ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे तथा १०२ जनाको इको गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो । 

शिविरमा २३ जनाको दाँत निकालिँदा एक जनाको माइनर शल्यक्रिया समेत गरिएको थियो । शिविरबाट थप उपचारका लागि १३५ जनालाई केएमसी रेफर गरिएको छ । रेफर गरिएका हरुका लागि केएमसीमा सहज रुपमा उपचारको व्यवस्थापन गरिने छ । दाहालका अनुसार शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब तथा विपन्न नागरिक बढी लाभान्वित भए । घर आँगनमै विशेषज्ञ चिकित्सकहरुको टोली स्वास्थ्य उपकरणसहित आएको थाहा पाएपछि स्थानीय जनताहरुले खुसी व्यक्त गरे । 

पूर्वअर्थ तथा उर्जामन्त्री वर्षमान पुन (अनन्त) र पूर्वसभामुख ओनसरी घर्ती मगर तथा समृद्ध रोल्पा फाउण्डेशनको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै केएमसीमा प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत दाहालले सांसद सुनिलकुमार शर्माले दूरदराजमा रहेका हरेक नागरिकले सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्दछ भन्ने सोचका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु भएको जानकारी दिनुभयो । केएमसीको नविनतम स्वास्थ्य सेवा र प्रविधिहरु बारे अवगत गराउँदै दाहालले ग्रामिण क्षेत्रका जनताको स्वास्थ्य सुधार्न सांसद शर्मा र केएमसीले लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको जिकीर गर्नुभयो । 

समृद्ध रोल्पा फाउण्डेशनकी अध्यक्ष ओनसरी घर्ती मगरको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती मगरले स्वागत मन्तव्य राख्दै सांसद शर्माले रोल्पा जस्तो विकट क्षेत्रमा रहेका जनताको स्वास्थ्य उपचारका लागि शिविर ल्याइदिएर पुन्यको काम गरेको भन्दै प्रसंशा व्यक्त गरे ।



















0 प्रतिकृया