चाँदबेलामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
एक्सन खबर
इटहरी । सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित भएका छन् । समाज कल्याण परिषद्, राष्ट्रिय स्वास्थ्य कोषको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामिण महिला उत्सुकता विकास मञ्च सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे हो ।
शुक्रबार इनरुवा नगरपालिका-७ को हरि आधारभुत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा २४० बढीकाे स्वास्थ्य जाँच गरिएकाे छ । शिविरको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री तथा संघीय सांसद भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वास्थ्य कोष र सप्तकोशी न्यूरो हस्पिटल भोक्राहाको प्राविधिक सहयोगमा स्थानीयलाइ सेवा दिन शिविर आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । शिविरले स्थानीयहरुकाे स्वास्थ्यवस्था कस्ताे छ भन्ने थाहा पाउने र महिलाहरुले समेत आफ्नो समस्या गाउँकै शिविरमा राख्न सहज भएकाे बताउनु भयाे । उहाँले आफूले यस क्षेत्रका महिलाहरुको पाठेघर सम्बन्धी समस्याका बारेमा शिविर, आँखा शिविर र अन्य स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कोषका सदस्य सचिव मेघराज न्यौपानेले गरिब, विपन्न, असहाय, सुकुम्बासी नागरिक सहितलाई ध्यानमा राखेर निजामती कर्मचारी संगठन र फर्वाडको सहकार्यमा शिविर सञ्चालन गरिएकाे बताउनुभयो । सुनसरीमा दोस्रोेपटक आयोजना गरेको शिविरमा दुई सय ४० जना बढीकाे स्वास्थ्य जाँच तथा निःशुल्क औषधी प्रदान गरेको न्यौपानेले जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालसम्म पहुँच नपुगेका नागरिक तथा बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि सप्तकोसी न्युरो अस्पतालका चिकित्सकहरुले सेवा दिएका थिए । अस्पतालका विशेषज्ञहरू वरिष्ठ न्यूरो सर्जन डा. माधव देव, वरिष्ठ जनरल ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम, डा. हरिशंकर यादव, डा. अमित कुमार शाह, डा. पुष्कर निरौला, डा.पुजा दास, डा. उषा साह सहितले सेवा दिनुभएको थियो ।
0 प्रतिकृया