सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ४७८ जना लाभान्वित
काठमाडौं । सांसद डा. सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ४७८ जना बिरामी लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा चावहिलको भि.एस. स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो ।
शिविरमा १२८ जनाको ल्याब परीक्षण, ६४ जनाको इसिजी, १३५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २८ जनाको दाँत खोलिएको छ भने, ३६ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । शिविरमा स्कुलका विद्यार्थीसँगै अभिभावक, शिक्षक शिक्षिकाहरुको स्वास्थ्य जाँच गरिएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. सुनिलकुमार शर्माले आम जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहनु भएको छ । डा. शर्माको शिविरबाट गरिब, विपन्न, असहाय नागरिक लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया