Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ४७८ जना लाभान्वित

एक्सन खबर
माघ, १७, २०८१


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ४७८ जना लाभान्वित

काठमाडौं । सांसद डा. सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ४७८ जना बिरामी लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा चावहिलको भि.एस. स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो । 

शिविरमा १२८ जनाको ल्याब परीक्षण, ६४ जनाको इसिजी, १३५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २८ जनाको दाँत खोलिएको छ भने, ३६ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । शिविरमा स्कुलका विद्यार्थीसँगै अभिभावक, शिक्षक शिक्षिकाहरुको स्वास्थ्य जाँच गरिएको छ । 

नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. सुनिलकुमार शर्माले आम जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहनु भएको छ । डा. शर्माको शिविरबाट गरिब, विपन्न, असहाय नागरिक लाभान्वित भइरहेका छन् । 
















0 प्रतिकृया