जोरपाटीको कुटुम्ब कलेजमा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सांसद सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ७२३ जना लाभान्वित भएका छन् । काठमाडौंको जोरपाटी स्थित कुटुम्ब कलेज तथा स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका दक्ष चिकित्सकहरुले ७२३ जनाको स्वास्थ्य परीक्षण गरेका हुन् ।
कुटुम्ब स्कुलको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १२२ जनाको ल्याब परीक्षण, १३१ जनाको भिडियो एक्सरे तथा १३ जनाको इको गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २२ जनाको दाँत खोलिएको छ भने, ३७ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ ।
शिविरमा कलेजमा अध्ययनरत विद्यार्थीसँगै अभिभावक, शिक्षक शिक्षिकाहरुको स्वास्थ्य जाँच गरिएको थियो । मोरङ क्षेत्र नं. ३ का सांसद डाक्टर सुनिल शर्माले आम सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ निःशुल्क स्वास्थ्य शिविरको थालनी गर्नु भएको हो । उहाँको अभियानबाट देशभरका लाखौं गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिक लाभान्वित भइसकेका छन् ।
0 प्रतिकृया