कपनमा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ५७३ जना लाभान्वित भएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ६ कपनमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका दक्ष चिकित्सकले बिरामीहरुको निःशुल्क स्वास्थ्य जाँच गरेका हुन् ।
शिविरमा ३९ जनाको इसिजी, ६३ जनाको ल्याब परीक्षण, ५२ जनाको भिडियो एक्सरे तथा १४ जनाको दाँत निकालिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरबाट थप उपचारका लागि केएमसीमा २३ जनालाई रेफर समेत गरिएको छ ।
शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, नसा तथा हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग सम्बन्धी सेवा दिएका थिए । सांसद शर्माले नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर चलाई रहनु भएको छ । उहाँको अभियानबाट देशभरका लाखौं जनता लाभान्वित भइरहेका छन् । सांसद शर्माले दूरदराजमा रहेका गरिब, विपन्न, अशक्त तथा रोगले थलिएका जनतालाई काठमाडौं मेडिकल कलेज र नोवेल शिक्षण अस्पतालमै ल्याएर निःशुल्क उपचार गर्दै आइरहनु भएको छ ।
0 प्रतिकृया