Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


थलीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर, ४९५ जना लाभान्वित

एक्सन खबर
फागुन, १, २०८१




थलीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर, ४९५ जना लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडौंको मुलपानीमा ४९५ जना बिरामी लाभान्वित भएका छन् । कागेश्वरी नगरपालिका मुलपानीमा काठमाडौं मेडिकल कलेजका डाक्टरहरुद्वारा ४९५ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । 

माउण्ट एभरेष्ट स्कुलसँगको सहकार्यमा सञ्चालित शिविरमा ५७ जनाको ल्याब परीक्षण, ५३ जनाको भिडियो एक्सरे, २४ जनाको इसिजी गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा ९ जनाको दाँत खोलिएको थियो भने, थप उपचारका लागि २९ जनालाई केएमसी रेफर गरिएको छ । 

सांसद शर्माले जनतालाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउनका लागि स्वास्थ्य शिविरको थालनी गर्नुभएको हो । डा. शर्माको स्वास्थ्य शिविरबाट सहरदेखि दूरदराजमा गरेका गरिब, विपन्न नागरिकले बढी सेवा पाएका छन् । 















0 प्रतिकृया