Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


थलीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर, ४९५ जना लाभान्वित

एक्सन खबर
फागुन, १, २०८१


थलीमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर, ४९५ जना लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडौंको मुलपानीमा ४९५ जना बिरामी लाभान्वित भएका छन् । कागेश्वरी नगरपालिका मुलपानीमा काठमाडौं मेडिकल कलेजका डाक्टरहरुद्वारा ४९५ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । 

माउण्ट एभरेष्ट स्कुलसँगको सहकार्यमा सञ्चालित शिविरमा ५७ जनाको ल्याब परीक्षण, ५३ जनाको भिडियो एक्सरे, २४ जनाको इसिजी गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा ९ जनाको दाँत खोलिएको थियो भने, थप उपचारका लागि २९ जनालाई केएमसी रेफर गरिएको छ । 

सांसद शर्माले जनतालाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउनका लागि स्वास्थ्य शिविरको थालनी गर्नुभएको हो । डा. शर्माको स्वास्थ्य शिविरबाट सहरदेखि दूरदराजमा गरेका गरिब, विपन्न नागरिकले बढी सेवा पाएका छन् । 















0 प्रतिकृया