Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर कालिकोटमा, १४ सय बढिको स्वास्थ्य जाँच

एक्सन खबर
फागुन, ८, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर कालिकोटमा, १४ सय बढिको स्वास्थ्य जाँच

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट कालिकोटमा १४ सय बढी जनताले स्वास्थ्य सेवा पाएका छन् । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा कालिकोटको शुभकालिका गाउँपालिकाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा १४०३ जना बिरामीको स्वास्थ्य उपचार गरिएको हो । 

शिविरमा २१० जनाको भिडियो एक्सरे गरिएको तथा शिविरबाट थप उपचारका लागि ९९ जना बिरामीलाई ओ.टी. रेफर गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा जनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी, नसा रोग सम्बन्धी चिकित्सकहरुले सेवा दिएका थिए । 

सांसद शर्माले दूरदराजमा रहेका जनतालाई गाउँघरमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहनु भएको छ । उहाँको स्वास्थ्य शिविरबाट देशभरका लाखौं गरिब, विपन्न नागरिकले सेवा पाइसकेका छन् ।  

















0 प्रतिकृया