Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरू

एक्सन खबर
फागुन, ८, २०८१


नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरू

वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले आजबाट वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रम शुभारम्भ गरेको छ । कलेजले फागुन ८ गतेदेखि १५ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको हो ।

कलेजको आफ्नै खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले खेलकुदको महत्वलाई जोड दिँदै खेलकुदबाट विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरे ।

सप्ताहव्यापी खेलकुदमा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको छ । कलेजका भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ताले खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूकता र अनुशासन सिकाउनु रहेको बताए । सप्ताहव्यापी खेलकुद कार्यक्रममा कलेजमा अध्ययनरत एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

कलेजका प्रिन्सिपल डा. के. ऐन. सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी, एडमिसन एवम् मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशन डाइरेक्टर प्रा. डा. ए.के. कौशी, डेन्टल भाइस प्रिन्सिपल प्रा. डा. सरोज देव, नर्सिङ डाइरेक्टर प्रा. गंगा गुरुङ, नर्सिङ भाइस प्रिन्सिपल प्रा. डा. बबिता सिंह लगायत विद्यार्थीहरूको उपस्थिति थियो ।

समापन समारोहमा विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिएका छन् ।


















0 प्रतिकृया