Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


स्याङ्जाका विपन्न बिरामीहरूलाई केएमसीमा निःशुल्क उपचारकाे व्यवस्था

एक्सन खबर
फागुन, १४, २०८१




स्याङ्जाका विपन्न बिरामीहरूलाई केएमसीमा निःशुल्क उपचारकाे व्यवस्था

काठमाडाैं । स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ । सांसद धनराज गुरुङको विशेष अनुरोधमा काठमाडाैं मेडिकल कलेज (केएमसी) का सञ्चालक एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गर्नु भएकाे छ ।

यस योजना अनुसार, यही चैत्र ४ गते काठमाडाैं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका ती बिरामीहरूलाई अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिनेछ । बिरामीहरूले औषधि, औषधिजन्य सामग्री र खानाको व्यवस्था भने आफैं गर्नु पर्नेछ ।

स्याङ्जाका विपन्न बिरामीहरुले उपचार लिनको लागि स्याङ्जा कै स्थानिय अस्पतालमा जाँच गराई शल्यक्रिया गर्नुपर्ने भएमा वा अस्पतालमा नै भर्ना गरी थप उपचार गर्नुपर्ने भएमा त्यहाँबाट रिफर लिई आउनु पर्ने हुन्छ । स्वास्थ्य बीमामा आबद्ध भएका बिरामीहरुले बीमाको रिफर कागज पनि साथै लिएर आउनु पर्छ । विपन्न बिरामीहरुको केएमसीमा उपचारको लागि सहजिकरण सांसद धनराज गुरुङको सचिवालयले गर्नेछ । 

थप जानकारी र सम्पर्कः बिरामी तथा सम्बन्धित व्यक्तिहरूले थप जानकारीका लागि माननीय धनराज गुरुङको सचिवालयमा सम्पर्क गर्न सक्नेछन् ।

सम्पर्क व्यक्तिः भुपराज बस्याल सम्पर्क नम्बरः ९८५१११०८५०

स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका स्याङ्जा क्षेत्र नं. २ का संघीय सांसद तथा वरिष्ठ अधिवक्ता धनराज गुरुङ सामाजिक कार्यमा अग्रसर नेताका रूपमा चिनिन्छन् । समाजसेवा र जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकहरूलाई सहयोग पुर्‍याउने महत्वपूर्ण काम गर्नु भएकाे छ ।

सांसद डा. सुनिल शर्मा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै हजारौं बिरामीहरुलाई नवजीवन प्राप्त गर्न सारथीको रुपमा स्थापित परिचित व्यक्ति हुनुहुन्छ । उहाँले पूर्वी नेपाल देखि सूदुर पश्चिमसम्म विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी लाखौंलाई गाँउघरमै स्वास्थ्य उपचार सेवा पुर्याउदै आउनु भएकाे छ । सांसद शर्माले अपरेसन गर्न नसकिरहेका, आफ्नो रोगको सही उपचार गर्न असमर्थ बिरामीहरु देखि मिर्गौला प्रत्यारोपण सम्मको उपचार निःशुल्क उपलव्ध गराउदै आउनु भएकाे छ । सांसद भए वापत राज्यबाट कुनै तलब सुविधा समेत नलिइ जनताको प्रतिनिधिको रुपमा संसदमा जनताको आवाजलाई ससक्त रुपमा राख्ने उहाँ एकमात्र सांसद हुनुहुन्छ ।  

स्याङजाका विपन्न बिरामीहरुको स्वास्थ्य उपचारको अभावमा कोही पनि अकालमा मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले यो योजना अगाडि सारिएको हो । यस कार्यले नेपालमा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ । सांसदद्वय गुरुङ र डा. शर्माको यस किसिमको योगदानलाई स्थानीय नागरिकले अत्यन्त सकारात्मक रूपमा लिएका छन् । 

सांसद गुरुङको यो पहल स्याङ्जाका निम्न आर्थिक वर्गका नागरिकहरूका लागि अत्यन्त राहतदायी बन्ने देखिन्छ । नेपालमा अझै पनि हजारौं नागरिक आर्थिक समस्याका कारण उचित उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन् । यो सहयोगले विपन्न वर्गका बिरामीहरूलाई जीवनरक्षाको अवसर प्रदान गर्नेछ । यस अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई ठूलो राहत दिनेछ ।














0 प्रतिकृया