Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


अत्याधुनिक प्रविधिबाट केएमसीमा रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार सुरु

एक्सन खबर
फागुन, २६, २०८१




अत्याधुनिक प्रविधिबाट केएमसीमा रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार सुरु

काठमाडौं । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुवात भएको हो । 

केएमसीमा अहिले छालासँग सम्बन्धी उपचार गर्ने उच्च क्षमताका ५ वटा उपकरण जडान भएका छन् । जसबाट रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार गर्न सकिने केएमसीले जानकारी दिएको छ । केएमसीमा हेयर रिडक्सन लेजर मेसिन, पिकोसेकेन्ड लेजर सिस्टम, माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस, सिओ२ लेजर स्मोक इभ्याकुएटर र स्किन एनालाइजर बिट्मोजी जडान भएका हुन् । 

उक्त उपकरणको सहायताबाट दक्ष चिकित्सकको साथ सहित उपचार गर्ने व्यवस्था केएमसीले मिलाएको हो । नेपालको प्रभावकारी अस्पतालका रूपमा परिचित केएमसीले यो सुविधा औसत शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ छालाको रोग निवारण गर्ने एआईमा आधारित मेसिन ल्याएको बताइएको छ ।  

केएमसीका अनुसार उक्त मेसिनबाट दर्जनौं छालासँग सम्बन्धित समस्याको सहज उपचारको सम्भव रहेको छ । नेपालमा सीमित संख्यामा यस्ता किसिमको उपकरण राखेर उपचार गराएका ता पनि अब भने एकै ठाउँमा सबै किसिमका छालाका समस्याको निवारण गर्ने व्यवस्था केएमसीले मिलाएको हो ।

१६ वर्ष माथिका उमेर समूहका व्यक्तिहरूले यो लाभ केएमसीबाट प्राप्त गर्नसक्ने छन् । उपचारको सिलसिलामा अग्र स्थानमा रहेको केएमसीले छाला सम्बन्धी अन्य रोगको पनि उच्च प्राथमिकता दिँदै उपचार गर्दै  आएको छ । 

कुन उपकरणबाट के हुन्छ उपचार ? 

हेयर रिडक्सन लेजर मेसिन 

यो मेसिनबाट भविष्यको कपाल वृद्धिलाई रोक्न, कपाल नष्ट गर्न प्रयोग गरिन्छ । जसलाई रौं मन पर्दैन उसको रौं यो मेसिनबाट स्थानीय रूपमा हटाउन सकिने केएमसीले बताएको छ । केएमसीमा यो मेसिन भएकाले अनुहार, छाती, काखी, यौन, खुट्टा वा कुनै पनि ठाउँमा आएको रौं यसबाट हटाउन सकिने छ ।

केएमसीका अनुसार रौं हटाउँदा निश्चित समय भने उपचारलाई निरन्तरता दिनुपर्ने हुन्छ । लेजरले कपालमा रहेको पिग्मेन्टलाई मात्र लक्षित गर्छ । त्यसैले यसले वरपरको छालालाई हानी नगर्ने केएमसीले बताएको छ । 

पिकोसेकेन्ड लेजर सिस्टम 

पिकोसेकेन्ड लेजर सिस्टम एक प्रकारको उन्नत लेजर टेक्नोलोजी हो । यसबाट छाला सम्बन्धित थुप्रै समस्या समाधान गर्ने विकल्प दिइएको हुन्छ । उमेर अनुसारको दाग, घामको दाग, मेलास्मा र फ्रिकल्स जस्ता अनावश्यक छालाको पिग्मेन्टेसन कम गर्न यो मेसिनबाट गर्न सकिन्छ । केएमसीका अनुसार यसबाट कोलाजेन उत्पादनलाई उत्तेजित गर्न, छालाको बनावट सुधार गर्न, फाइन लाइनहरू साथै चाउरी पन कम गर्न र समग्र छाला कायाकल्पलाई बढावा दिन्छ ।

पिकोसेकेन्ड लेजरहरूले छाला निको पार्ने र कोलाजेन रिमोडेलिंगलाई बढावा दिएर, दाग भएको छालाको बनावट र टोन सुधार गरेर एक्ने दागको उपस्थिति कम गर्न मद्दत गर्छ । यो मेसिनको अनुहारको उपचार भइसकेपछि जुनसुकै उमेर समूहका व्यक्तिलाई योङ फेसको लुक्स दिने केएमसीले बताएको छ । 

माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस 

यो एक कस्मेटिक उपचार उपकरण हो । यो यन्त्र सामान्यतया छाला कडा बनाउन र छालाको बनावट सुधार गर्न प्रयोग गरिन्छ । यो प्रक्रियाले दाग कम गर्नुका साथै छालाको टोनलाई पनि कम गर्न मद्दत गर्दछ । न्यूनतम डाउनटाइमको साथ छालाका चिन्ताहरूलाई नयाँ विकल्प प्रदान गर्ने केएमसीले बताएको छ । यसको साहयताबाट चायापोतोको उपचार गराउन सकिने केएमसीले बताएको छ । 

सिओ२ लेजर स्मोक इभ्याकुएटर 

केएमसीका अनुसार यस मेसिनको सहायताबाट मुसा तथा कोठी लाई हटाइन्छ । कुनै पनि किसिमका एन्टिबायोटिक सेवन नगरिकन यसका उपचार गर्न सकिने बताइएको छ । छालामा आएका मासुका डल्लाहरू यस मेसिनको सहायताबाट निकाल्न सकिन्छ ।  

स्किन एनालाइजर बिट्मोजी 

स्किन एनालाइजरले छालाको स्वास्थ्य र अवस्थाको मूल्याङ्कन गर्न डिजाइन गरिएको हो । हाइड्रेसन, बनावट, छिद्रा, चाउरी जस्ता कारकहरू विश्लेषण गर्ने यो यन्त्रको प्रयोग गरी उपचार गरिने केएमसीले बताएको छ । छाला हेरचाहको लागि व्यक्तिगत सिफारिसहरू प्रदान गर्न क्यामेरा वा सेन्सर सहयताले यस उपकरणबाट अनुहारको अवस्था हेरि आवश्यक उपचारको सुझाव दिइन्छ । यो एआईमा आधारित प्रविधि भएकाले यसले छिटो छरितो तरिकाले उपचार गर्न सकिने केएमसीको भनाई छ । 

लाखौंलाई निःशूल्क उपचार गरिदिएका शर्मा 

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् । 

उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि जुनसुकै पार्टीका भएपनि निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन् । साथै केएमसीमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन् । 

सांसद शर्मा प्रतिनिधिसभाको एक मात्र तलब भत्ता नलिने सांसद हुन् । डा.शर्माको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ । यस्तो समाजसेवी पहलले धेरै नेपालीहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।














0 प्रतिकृया