Follow us:


Follow us

३० जेठ २०८३, शनिवार
३० जेठ २०८३, शनिवार


सांसद सुनिल शर्माद्वारा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता (भिडियाे सहित)

एक्सन खबर
चैत, ५, २०८१


सांसद सुनिल शर्माद्वारा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता (भिडियाे सहित)

काठमाडौं । प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचार सम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । 

सांसद शर्माले 'सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव' शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।


राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने, कम आम्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बीमा प्रिमियममा सहुलित प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरू सँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बीमा सेवा प्रदायकको निगरानी र लेखापरीक्षण गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमा बारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच बृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसंख्या निर्माण हुने अपेक्षा सांसद शर्माको छ । 'आम नागरिकलाई सर्वसुलभ, सहज स्वास्थ्य उपचार पुर्‍याउन सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुद गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढावा दिई गुणस्तरीय, चुस्त सेवाको नमूना विकास हुने,' उनले उल्लेख गरेका छन् । यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।













0 प्रतिकृया