पुरानो बानेश्वरमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको पुरानो बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं मेडिकल कलेजका स्वास्थ्य टोलीले शिविरमा आएका सर्वसाधारणको स्वास्थ्य उपचार गरेका छन् ।
शिविरमा ५४६ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा ९८ जनाको भिडियो एक्सरे, ७६ इसिजी, ८७ जनाको ल्याब परीक्षण तथा १८ जनाको दाँत समेत निकालिएको छ । शिविरबाट ३६ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ ।
पुरानो बानेश्वर टोलबासी संस्थासँगको सहकार्यमा सिद्धार्थ फुडल्याण्डमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सो क्षेत्रका नागरिकहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
डा. शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले दुर्गम तथा सुगम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ । स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेजमा थप उपचार गर्दा आवश्यक छुट समेत दिइने व्यवस्था गरिएको छ ।
0 प्रतिकृया