Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

एक्सन खबर
चैत, २३, २०८१


नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

काठमाडौं । स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो । 

सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट लगायतका पदहरुमा जनशक्ति माग गरेको छ । यस्तैगरी, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, स्टोर असिस्टेन्ट पदहरुमा पनि जनशक्ति माग गरिएको कलेजले जनाएको छ । 

कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, रेडियोडायग्नोसिस लगायतमा विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ । 

केही समयभित्रै कलेजले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न गइरहेको छ । विषयगत अध्ययन गरेर कम्तिमा ५ वर्ष क्याथ ल्याबमा काम गरेकाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेद्वारले चैत्र ३० गतेभित्र आवेदन दिन सक्नेछन् । 

थप जानकारीका लागि हेर्नुहोस् सूचना














0 प्रतिकृया