Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


जल तथा वायु प्रदूषण सम्बन्धी अन्तरक्रिया

एक्सन खबर
चैत, ३०, २०८१




जल तथा वायु प्रदूषण सम्बन्धी अन्तरक्रिया

काठमाडाैं । पुल्चोक ललितपुरस्थित नेपाल इन्जिनियर्स एसोसिएसनमा जलवायु परिवर्तनको जल तथा वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

विगत केहि हप्ता देखि काठमाडौं सहित देशका अन्य भागमा वायु प्रदूषणको मात्रा अत्यन्त उच्च भएको छ । विश्व स्वास्थ संगठनले वायु प्रदूषणको अधिकतम सुरक्षित सरदर दैनिक मापन १५ तोके पनि नेपाल सरकारले ५० सम्म लाई सुरक्षित भनेको छ ।

तर केही हप्ता देखि वायु प्रदूषणको मापन १०० देखि ४०० सम्म नाघेको छ जुन स्वास्थको लागि अत्यन्त असुरक्षित मानिन्छ । चैत २८ देखि नेपालका विभिन्न भागमा परेको पानीले वायु प्रदूषणको मापन केही घटे पनि अझै उक्त मापन १०० को हाराहारीमा छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता इसिमोडका वरिष्ठ सल्लाहकार डा. अरुण भक्त श्रेष्ठले जलवायु परिवर्तन र वायु प्रदूषणको प्रत्यक्ष सम्बन्ध हुने बताए ।

लामो समय सम्म वर्षात नहुँदा हावाको सुख्खा पन बढ्न गई जंगलमा आगो लाग्ने र त्यस डढेलोबाट निसक्ने धुवाँले वायु प्रदूषण हुन्छ । त्यसै गरी गाडी तथा उद्योगबाट निसक्ने कालो कार्वन तथा कृषिजन्य सामग्रीहरू खेतमा बाल्दा निस्कने कार्बनडाइअक्साइडले वायु प्रदूषण हुने र सो प्रदुषणबाट जलवायु परिवर्तन हुने भएकोले जलवायु परिवर्तन र वायु प्रदूषण एक अर्काको पूरक हुने डा श्रेष्ठको भनाइ रहेको थियो ।

कार्यक्रमका वक्ता जल तथा मौसमविद् समाज नेपालका अध्यक्ष इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले निर्माण क्षेत्रबाट निस्कने गाडीका टायरमा अड्किएर बाटोमा छरिने माटो, खनेको पिच बाटो तत्काल मर्मत नहुँदा र कालो धुँवाको मुस्लो निकाल्ने वाहनहरूले पनि नेपालमा वायु प्रदूषण बढेको जनाए ।

एनइएका उपाध्यक्ष इन्जिनियर प्रकाश केसीले अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अर्का वक्ता डा. चन्द्रबहादुर श्रेष्ठले वायु प्रदूषण घटाउन यातायात सञ्चालनमा नीतिगत सुधारहरू गर्नुपर्ने कुरामा जोड दिए । खानेपानी मन्त्रालयका सह सचिव हरि प्रसाद शर्माले जलवायु परिवर्तनले हुने नकारात्मक प्रभाव न्यूनीकरण तथा वायु प्रदूषण घटाउन सरकारले गरेका व्यवस्थाहरू तथा यस सम्बन्धमा हालसम्म भएका प्रगतिहरूबारे प्रकाश पारे ।













0 प्रतिकृया