Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘गुरुहरू सडकमा होइन, सम्मानका साथ कक्षामा हुनुपर्छ’ सांसद सुनिल शर्मा

एक्सन खबर
बैशाख, ३, २०८२


‘गुरुहरू सडकमा होइन, सम्मानका साथ कक्षामा हुनुपर्छ’ सांसद सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले शिक्षकहरूलाई सडकमा होइन, सम्मानका साथ विद्यालयमा फर्काउने वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद शर्माले शिक्षकहरूका जायज मागप्रति सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिला गर्न नहुने बताएका हुन् । ‘शिक्षाको ज्योति फैलाउने गुरुहरूलाई सडकमा उभ्याउनु अपमानजनक हो । अहिले पनि सामुदायिक विद्यालयको शिक्षा प्रणाली कमजोर हुँदै गइरहेको अवस्थामा यो आन्दोलनले थप समस्या निम्त्याएको छ,’ सांसद शर्माले भनेका छन् ।  

उनका अनुसार शिक्षकहरूका जायज मागप्रति सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिला गर्नु हुँदैन । ‘शिक्षकहरूका मागबारे संसदमा के गर्नुपर्छ, हामी त्यसमा तयार छौं,’ उनले भनेका छन् ।  डा. शर्माले शिक्षकमाथि भएको अपमान नेपाली समाजकै रूपान्तरणको बाधक बन्ने चेतावनी दिंदै सरकारलाई अविलम्ब आवश्यक कदम चाल्न सुझाव पनि दिएका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना मागहरू लिएर राजधानी काठमाडौंमा जारी १५ दिन लामो आन्दोलनमा रहेका छन् । आन्दोलनले न केवल शिक्षा क्षेत्रमै प्रभाव पारेको छ, बरु लाखौं विद्यार्थीको भविष्यमा पनि अन्योलता सिर्जना गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेपनि शिक्षकहरूले आन्दोलन नराेकिने बताएका छन् ।













0 प्रतिकृया