Follow us:


Follow us

१० जेठ २०८२, शुक्रवार
१० जेठ २०८२, शुक्रवार


गोठाटारमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, ४, २०८२




गोठाटारमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सांसद डाक्टर सुनिल कुमार शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५६८ जना सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौंको गोठाटारमा काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका स्थानीय नागरिक लाभान्वित भएका हुन् । 

स्थानीय विद्याविकास इङ्लिस स्कूलसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७६ जनाको इसिजी, ८२ जनाको भिडियो एक्सरे, ७२ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २८ जनाको दाँत समेत खोलिएको थियो । 

शिविरमा केएमसीका चिकित्सकहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक रोग, न्यूरो परामर्श सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक शिक्षिका अभिभावक तथा स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो । 

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहनु भएको छ । डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका, असहाय, गरिब तथा विपन्न नागरिक बढी लाभान्वित भइरहेका छन् । 















0 प्रतिकृया