शिक्षक आन्दोलनका घाइतेहरूकाे निःशुल्क उपचार गर्ने केएमसीकाे घाेषणा
काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले सञ्चालन गरेकाे काठमाडौं मेडिकल कजेलले शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने बताएको छ । केएमसीले एक विज्ञप्ती जारी गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको हाे ।
‘हाल काठमाडौं केन्द्रित रही शिक्षकहरुले गरेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेषित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
केएमसीले यसअघि चैत्र १५ गते राजावादीहरूकाे आन्दोलनमा घाइते भएकाहरूलाइ पनि निःशुल्क उपचारकाे व्यवस्था गरेकाे थियाे ।
0 प्रतिकृया