Follow us:


Follow us

१० जेठ २०८२, शुक्रवार
१० जेठ २०८२, शुक्रवार


पीजीलाई काममा फर्कनासाथ बढेको भत्ता दिने निजी मेडिकल कलेजहरूको प्रतिबद्धता

एक्सन खबर
बैशाख, १६, २०८२




पीजीलाई काममा फर्कनासाथ बढेको भत्ता दिने निजी मेडिकल कलेजहरूको प्रतिबद्धता

काठमाडाैं । निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई काममा फर्कनासाथ बढेको भत्ता दिने प्रतिबद्धता जनाएका छन् । निजी मेडिकल कलेजले आन्दोलनरत आवासीय चिकित्सकलाई काममा फर्कनासाथ उनीहरूले माग गरिरहेको निर्वाह भत्ता दिने प्रतिबद्धता जनाएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तसँग एशाेसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीको प्रतिनिधिमण्डलले भेट गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘छलफलका क्रममा अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सा शिक्षा आयोगको मिति २०८१ र १० र २५ गते बसेको १६औँ बैठकबाट निर्देशन भए बमोजिम सम्पूर्ण आवासीय चिकित्सकलाई बैठकबाट पारित भएको निर्वाह भत्ता मासिक रु. ४८ हजार ७३७ रुपैयाँ मात्र रकम प्राइभेट मेडिकल एन्ड डेन्डल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ’ मन्त्रालयले मंगलबार विज्ञप्ति  जारी गर्दै भनेको छ ।

सहमति भइसकेको सन्दर्भमा प्रदर्शनमा उत्रेका सबै आवासीय चिकित्सकहरूलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

आवासीय चिकित्सकहरू आठौँ तह (४८ हजार) बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नलिने अडानसहित २७ दिनदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । एशाेसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आठौँ तह नभनेपनि सो सरहको सुविधा दिन तयार भएको छ । तर चिकित्सकका अन्य मागबारे भने मन्त्रालयले केही बताएको छैन ।













0 प्रतिकृया