Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


मृत्युसँग लडिरहेकी मुसहर महिलाकाे जीवनदाता बने सांसद डा. सुनिल शर्मा

एक्सन खबर
बैशाख, २३, २०८२


मृत्युसँग लडिरहेकी मुसहर महिलाकाे जीवनदाता बने सांसद डा. सुनिल शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्मा स्वास्थ्य सेवा र मानवीय सहयोगमा निरन्तर प्रेरणाको स्रोत बन्दै आएका छन् । हालै, उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत पर्ने कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरको ज्यान जोगाएका छन् ।

लामो समयदेखि आन्द्रामा घाउ भएर हिँड्न नसक्ने अवस्थासम्म पुगेकी कौशिला आर्थिक अभावका कारण उपचार नै नपाई मृत्यु कुर्न विवश थिइन् । यो पीडादायक अवस्थाको जानकारी समाजसेवी गोपाल सङ्ग्रौलामार्फत पाउनासाथ डा. शर्माले तुरुन्त नोबेल मेडिकल कलेजका कर्मचारीलाई एम्बुलेन्ससहित घटनास्थलमा पठाएर उनलाई अस्पताल पुर्‍याएका हुन् । हाल उनको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भइरहेको छ ।

डा. शर्माले देशका सात ठाउँमा निजी लगानीमा एम्बुलेन्स सेवा दिइसकेका छन् । उनले हालै मोरङको बेलबारीमा पनि नयाँ एम्बुलेन्स हस्तान्तरण गरेका छन् । साथै, उनकाे पहलमा नोबेल मेडिकल कलेजमा निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन सञ्चालनमा छ ।

उनी प्रतिनिधिसभाका एकमात्र सांसद हुन् जसले आफ्नो पदको तलबभत्ता लिँदैनन् । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका उनले उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउँदै आएका छन् ।

सांसद डा. शर्माले मानव सेवा र समाज सेवा गरेकाेमा राजनीतिक वृत्त देखि सामाजिक क्षेत्रमा समेत मुक्त कण्ठले प्रसंशा हुने गरेकाे छ ।  













0 प्रतिकृया