Follow us:


Follow us

३ फागुन २०८२, आइतवार
३ फागुन २०८२, आइतवार


संसारकै दुर्लभ राेग ‘हाइपरम्याङ्गानेसेमियाको केएमसीमा सफल उपचार

एक्सन खबर
जेठ, ९, २०८२


संसारकै दुर्लभ राेग ‘हाइपरम्याङ्गानेसेमियाको केएमसीमा सफल उपचार

काठमाडाैं । संसारमै अत्यन्तै कम देखिने रोग ‘हाइपरम्याङ्गानेसेमियाको नेपालमै पहिलोपटक काठमाडौँ मेडिकल कलेजमा सफल उपचार भएकाे छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–१ की मनिषा बिकको २१ महिनाकी छोरी आध्या बिक दुर्लभ स्नायु सम्बन्धी रोग हाइपरम्याङ्गानेसेमिया बाट पीडित थिइन् । प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने बालिका पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेपछि परिवारमा गम्भीर चिन्ता उत्पन्न भएको थियो ।

अनगिन्ती प्रयासपछि आध्यालाई अन्ततः काठमाडौँ मेडिकल कलेज (केएमसी) ल्याइयो । जहाँ नेपालकै पहिलो डीएम पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले परीक्षण गर्‍यो । एमआरआई तथा अन्य जाँचपश्चात् डा. मिश्रले उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि गरे, जुन रोग दुनियाँमै अत्यन्तै दुर्लभ मानिन्छ ।

यो रोग मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको हुन्छ र यसको उपचार अत्यन्तै चुनौतीपूर्ण हुन्छ । यद्यपि डा. मिश्र र उनको  विशेषज्ञ टोलीले तत्कालन उपचार प्रक्रिया सुरु गरे । केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भइ पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छिन् ।

‘छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,’ आमा मनिषा बि.क.ले भनिन् ।

नेपालमा बाल न्युरोलोजी सेवा अझै प्रारम्भिक चरणमा रहेको बेला यति जटिल रोगको सफल पहिचान र उपचार ऐतिहासिक मानिएको छ । डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन् ।

केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो । केएमसी डा. शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन् ।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन् ।

हालै डा. शर्माले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् । उनका यी मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई बलियो बनाएकाे छ ।













0 प्रतिकृया