Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ३४५ लाभान्वित

एक्सन खबर
जेठ, १०, २०८२


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ३४५ लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ३४५ जना लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा ललितपुरस्थित श्रृङ्गेरी माध्यमिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट विद्यार्थी, अभिभावक तथा स्थानीय लाभान्वित भएका हुन् । 

स्वास्थ्य परीक्षण कार्यक्रममा मुटु तथा बालरोग विशेषज्ञ डाक्टरहरूको टोलीले विद्यार्थी, अभिभावक र स्थानीयहरूको स्वास्थ्य परीक्षण गरेको केएमसीका जनरल मेनेजर तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा १०७ जनाको इको, ८७ जनाको इसीजी र ७ जनाको शुगर टेस्ट गरिएको थियो ।

सांसद शर्माले विगतदेखि आम नागरिकलाई घरदैलो मै निःशुल्क स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहनु भएको छ । डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट दूरदराजमा रहेका गरिब, विपन्न, अशक्त तथा उपचारबाट बञ्चित जागरिक बढी लाभान्वित भइरहेका छन् ।















0 प्रतिकृया