"सत्य र न्यायका लागि सुकरातले विष पिएझैँ लड्छौं" सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएपछि डा. शर्माले कडा प्रतिक्रिया जनाएका छन् ।
बैठकमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी नेताहरूलाई बोलाएर कुराकानी गर्न सुझाव दिइएको थियो । नेता शशांक कोइरालाका अनुसार, सभापतिलाई ती नेताहरूसँग भेटेर स्पष्ट पार्न आग्रह गरिएको भए पनि देउवाले यसबारे कुनै जवाफ नदिएको बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो । तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ ।
यसै सन्दर्भमा डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्,“युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले हेमलट विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो । सबैलाई चेतना भया ।”
0 प्रतिकृया