बालकुमारी स्कुलका विद्यार्थीहरु नेपाल इन्जिनियरिङ कलेजमा
एक्सन खबर
काठमाडौं । बालकुमारी आधारभुत विद्यालयका विद्यार्थीहरुले नेपाल इन्जियिरिङ कलेजको भ्रमण गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई किन इन्जिनियरिङ शिक्षा अध्ययन गर्न आवश्यक छ भन्ने जिज्ञासा मेटाउन कलेज भ्रमणमा ल्याइएको हो ।
विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षा, त्यसको महत्व र अवसरका बारेमा जानकारी गराउन स्कुलले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण नै गराएको जनाएको छ । विद्यार्थीहरुलाई कलेजको ल्याब, पुस्तकालय, कम्प्युटर इन्जिनियरिङ, आइसिटी ल्याब लगायतको निरिक्षण गराउनुको साथै किन इन्जिनियरिङ अध्ययन गर्ने आधारभूत ज्ञान दिइएको थियो ।
भ्रमणमा विद्यार्थीहरुलाई कलेजका विद्यार्थीहरुले तयार पारेका इन्जिनियरिङ र आर्किटेक्चरका मोडलहरु समेत देखाइएको थियो । इन्जिनियरिङ कलेजको भ्रमणले इन्जिनियरिङ शिक्षाका बारेमा धेरै ज्ञान दिएको विद्यार्थीहरुले बताएका छन् ।
पोखरा विश्वविद्यालयको सम्बन्धमा सञ्चालित कलेजमा स्नातक तहमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ, आर्किटेक्ट तथा विडिएच फर डिप्लोमा होल्डर्सको पढाई हुने गरेको छ । कलेजले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई ठूलो मात्रामा छात्रवृत्ति प्रदान गर्ने गरेको छ । जेहेन्दार, मेहनती विद्यार्थीहरुका लागि आकर्षक छात्रवृत्ति रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले बताउनु भयो ।
पूर्णकालिन प्राध्यापक, प्रयोगात्मक शिक्षण विधि, शान्त तथा हरियाली वातवरणमा अध्ययन गर्ने अवसर पाइने भएकाले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुको रोजाईमा नेपाल इन्जिनियरिङ कलेज पर्ने गरेको कलेजका मिडिया रिलेसन अफिसर झाको भनाई छ ।
पछिल्लो समय कलेज शिक्षा, विज्ञान प्रविधि मन्त्रालय अन्तरगत गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिमार्फत सञ्चालित यो कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था हो । कलेज संस्था दर्ता ऐन २०३४ अन्तरगत जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता रहेको छ ।
0 प्रतिकृया