Follow us:


Follow us

५ कार्तिक २०८३, बुधवार
५ कार्तिक २०८३, बुधवार


चार प्रतिष्ठानकाे उपकुलपति बन्न ५५ जनाकाे आवेदन (नाम सहित)

एक्सन खबर
असार, ११, २०८२


चार प्रतिष्ठानकाे उपकुलपति बन्न ५५ जनाकाे आवेदन (नाम सहित)

काठमाडाैं । मुलुकका चार स्वास्थ्य प्रतिष्ठानकाे उपकुलपति बन्न ५५ जनाले आवेदन दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी काेइराला, पाेखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपति बन्नका लागि ५५ जनाले आवेदन दिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेकाे उपकुलपति पदका लागि दरखास्त माग गरिएकाे थियाे । 

उपकुलपतिका लागि नाम सिफारिस समितिले मङ्गलबार सूची सार्वजनिक गरेको थियाे । गत बुधबार समितिले इच्छुक उम्मेदवारहरूलाई सात दिनभित्र आवेदन दिनका लागि माग गरेको थियो । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १३ जनाले आवेदन दिएका छन् । बीपी प्रतिष्ठानमा हालका निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित १३ जनाले आवेदन दिएका छन् । मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार बीपीको हकमा डा. गिरीसहित डा. रमेशराज कोइराला, डा. रोशन पोखरेल, डा. लक्ष्मीनारायण सिंह, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. गौरीशङ्कर साह, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. रोहितप्रसाद यादव, प्रा.डा. सङ्गीता भण्डारी, प्रा.डा. सञ्जीवकुमार शर्मा र प्रा.डा. कृष्णकुमार राई छन् । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जनाले आवेदन दिएकाेमा प्रा.डा. अर्जुन आचार्य, डा प्रदीप घिमिरे, प्रा.डा. माया लामा, प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. भरतबहादुर खत्री, प्रा.डा. राकेशकुमार वर्मा, प्रा.डा. राजेश अधिकारी, प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा.डा. विधाननिधि पौडेल, प्रा.डा. इश्वर शर्मा कँडेल, प्रा.डा. दिपकराज पौडेल, डा. श्रीकृष्ण श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, प्रा.डा. विष्णु प्रसाद शर्मा, डा. रामेशराज कोइराला र डा. लक्ष्मी नारायण सिंह रहेका छन् ।

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पूर्व उपकुलपति प्रा.डा. संगीता भण्डारी सहित श्रीजना श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. गेहनाथ बराल, प्रा.डा. बुद्धिप्रसाद पौडेल, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. पवन कुमार शर्मा, डा. दीपक थापा मगर, डा. दिपेन्द्ररमण सिंह र डा. लक्ष्मी नारायण सिंह रहेका छन् । 

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा. विजय अर्याल, प्रा.डा. सेशनन्द सञ्जेल, डा. उत्सव चापागाईं, प्रा.डा. प्रमोदकुमार सर्राफ, डा. पवजजंग रायमाझी, डा. पुजन रोकाया, प्रा.डा. सूर्यमान मेन्याङ्बो, डा. एलिजा श्रेष्ठ, डा. डबलबहादुर धामी, डा. कालु शर्मा सुवेदी, डा. विष्णु प्रसाद शर्मा, डा. प्रमोद यादव, प्रा.डा. श्रीकृष्ण गिरी, डा. लक्ष्मीनारायण सिंह र डा. अरुणकुमार सिंह रहेका छन् । 













0 प्रतिकृया