Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


एभरेष्टमा इन्जिनियरिङ नेतृत्व सम्बन्धी छलफल

एक्सन खबर
असार, १६, २०८२


एभरेष्टमा इन्जिनियरिङ नेतृत्व सम्बन्धी छलफल

काठमाडाैं । एभरेष्टमा इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा आज भएको छलफल कार्यक्रमका स्रोत व्यक्ति इन्जिनियर डा. दिपक प्रसाद बास्तोलाले देश विकासमा इन्जिनियरको नेतृत्व अपरिहार्य रहेको जनाउनु भएकाे छ । 

तीन दशक भन्दा बढी नेपाली सेनामा गरेको काम, ५ हजार घण्टा हेलिकप्टर उडाएको, आठ पटकको लगातार प्रयासबाट फ्रान्सको पेरिसमा उच्च अध्ययनको लागि पाएको छात्रवृत्ति, काठमाडौं विश्वविद्यालयबाट नेतृत्व तथा संस्थागत कार्यसम्पादन विषयमा विद्यावारिधि, अन्तर्राष्ट्रिय एभिएसन विज्ञको लाइसेन्स, हेलिकप्टर उडान प्रशिक्षकको लाइसेन्स, पाँच वटा पुस्तकका लेखक जस्ता थुप्रै गहिरो अनुभवहरूका धनी डा. बास्तोलाले एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विषयमा अन्तिम सेमेष्टरमा अध्ययनरत ५० जना विद्यार्थीहरूसँग छलफल गर्दै अन्तर्राष्ट्रिय उडान क्षेत्रमा सुरक्षाको हिसाबले नेपाल अझै ब्ल्याक लिष्टमा परेकोमा दुख व्यक्त गर्दै नेपाललाई ब्ल्याक लिष्टबाट हटाउन इन्जिनियरको भूमिका सर्वोपरि हुने निष्कर्ष रहेको जानकारी दिनुभयो। 

जीवन उपयोगी ज्ञानमा पढाइले १० प्रतिशत, सोच र चिन्तनले १० प्रतिशत र अनुभवले ८० प्रतिशत भूमिका खेल्ने भएकोले आआफ्नो विधामा अनुभव प्राप्त व्यक्तिको सदुपयोग गर्न डा. बास्ताेलाले विद्यार्थीहरूलाई सल्लाह दिनुभयो। 

सफल नेतृत्वको लागि दीर्घकालिन मन बचन र कर्ममा तादात्म्यता हुनु अत्यावश्यक रहेको र त्यसैको परिणाम स्वरूप बेलायतका तत्कालीन राजकुमार ह्यारीको नेपाल भ्रमणको समयमा ह्यारी चढ्ने हेलिकप्टर उडाउने जिम्मेवारी आफूलाई दिइएको घटना स्मरण गर्दै डा. बास्तोलाले श्रमको कदर गर्न, पेशाको गरिमा कायम गर्न र कार्यक्षेत्रमा सक्रिय रहुन्जेल आफ्नो सिपलाई निरन्तर अद्यावधिक गर्न विद्यार्थीहरूलाई सुझाउनु भयाे ।

विद्यार्थीहरूका प्रश्नको उत्तर पश्चात् कलेजको तर्फबाट सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली र कलेजका प्राचार्य इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले डा. बास्तोलालाई कलेजको तर्फबाट मायाको चिनो उपहार दिनु भएकाे थियाे ।














0 प्रतिकृया