Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


नेपाल इन्जिनियरिङ कलेजको इग्नियमको तेश्रो संस्करण भब्यताका साथ सम्पन्न

एक्सन खबर
असार, १९, २०८२


नेपाल इन्जिनियरिङ कलेजको इग्नियमको तेश्रो संस्करण भब्यताका साथ सम्पन्न

काठमाडौं । नेक इग्नियमको तेश्रो संस्करण भब्यताका साथ सम्पन्न भएको छ । इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुको नविनतम सोच, सुचना प्रविधि र इन्जिनियरिङ विधालाई उजागर गर्ने उद्देश्यले आयोजित इग्नियमको यो वर्षको संस्करण विगतको भन्दा पृथक र भब्य भएको हो । 

तीन दिनसम्म सञ्चालित कार्यक्रममा कलेजका विद्यार्थीहरुले आफुले प्राप्त गरेको ज्ञान, सीप र कलालाई प्रस्तुत गर्नुका साथै अन्य कलेजहरुले समेत उत्साजनक सहभागीता जनाएको नेक इग्नियमका संयोजक सहायक प्राध्यापक विश्वदिप मैनालीले बताउनु भयो । ‘विगतको इग्नियम भन्दा यस पटकको इग्नियम पृथक र भब्य भयो । कार्यक्रमले नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गरेका विद्यार्थीहरुको सूचना प्रविधि र इन्जिनियरिङको ज्ञान, सीप र कला तथा आइडियाहरुलाई उजागर गर्न सफल भएको छ ।’ संयोजक मैनालीले बताउनु भयो । 

नेक इग्नियमको उद्घाटन भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले गर्नुभएको थियो । सो अवसरमा उहाँले विद्यार्थीमा निहित प्रतिभा तथा इन्जिनियरिङ क्षेत्रका नवप्रवर्द्धन ज्ञान, सीप र कलालाई उजागर गर्न टेवा मिल्ने बताउनु भयो । 

नेक इग्नियममा ओपन साइन्स प्रतिष्पर्धा अन्तर्गत एभटाेनाेमसले विजयी हुँदै नगद ३० हजार प्राप्त गर्यो । एकीकृत कृषि प्रणाली उपविजेता भयो । रोवर्ट तर्फ टीम आर्क वान विजयी हुँदा रोवो कर्टेक्स उपविजेता भयो । पप्सिकल ब्रीजमा आयुष श्रेष्ठको टीम विजयी हुँदा उर्गेन तामाङको टोली उपविजेता भयो । 

यस्तै, नवप्रवर्तनात्मक पूर्वाधार चुनौतीतर्फ ट्युनड लिक्विड कलम ड्याम्पर टीम विजयी भयो । प्रतियोगिताको उपविजेता भने काठमाडौं उपत्यकामा भूमिगत रिचार्ज प्रणाली भयो । 

वन वर्ल्ड, वन सोलुसन तर्फ आर्या पोखरेलको (कम्प्युटर समूह विजयी हुँदा सुरज प्रजापति उपविजेता भए । पोस्टर डिजाइन प्रतियोगितामा विवेक बसुकला (रथको पाङ्ग्रा–मछिन्द्रनाथ) विजयी हुँदा उपविजेता भने निर्वाण साउद (आधुनिकीकरण) भए । 

यता, ह्याकाथन तर्फ कोड रश विजयी हुँदा टीम रकेट उपविजेता भयो । मोडेल प्रदर्शनीमा विवेक बसुकला विजयी हुँदा उपविजेता क्लस्टर डिजाइन टीम भएको छ । टेक एक्स तर्फ अप्टिमल सोलार पावर ग्रिडको टीम विजयी हुँदा स्काडा उपविजेता भयो । प्रतियोगिताका विजेता उपविजेताहरुलाई कलेज सञ्चालक समिति सदस्य, शिक्षक प्रतिनिधि प्राध्यापक सावित्री त्रिपाठी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

नेक इग्नियमको पहिलो दिन मंगलबार ह्याकाथन भएको थियो । दोश्रो दिन बुधबार सहकार्य र एकीकृत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने ‘एक विश्व एक समाधान’ शीर्षकको आन्तरिक कार्यक्रम भएको थियो । अन्तिम दिनको प्रतियोगात्मक प्रदर्शनीमा इन्जिनियरिङ कलेज तथा प्लस टू साइन्स कलेजका विद्यार्थीहरु अध्ययन अवलोकन गरेका थिए । भने, प्रदर्शनीमा विभिन्न उद्योगहरुबाट समेत स्टल राखिएको थियो । 

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले नेक इग्नियमले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्न तथा उनीहरुको क्षमता अभिबृद्धि गर्न र एक अर्कामा ज्ञान बाँड्ने काम गरेको बताउँदै आउँदा दिनहरुमा इग्नियमलाई अझ बृहद् बनाउँदै लैजाने बताउनु भयो । 

नेक इग्नियमलाई बृहद् बनाउन प्रचारप्रसारका लागि कलेजका विद्यार्थीहरूले राजधानीका विभिन्न कलेजहरूमा आकर्षक फ्ल्यास मोब प्रदर्शन गरेका थिए । थापाथली क्याम्पस, पुल्चोक इन्जिनियरिङ, ललितपुर इन्जिनियरिङ, एनसिआइटी, एभरेष्ट इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ, शगरमाथा इन्जिनियरिङ कलेजहरुमा गएर फ्ल्यास मोब गरिएको थियो ।














0 प्रतिकृया