Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


सांसद सुनिल शर्माकाे केएमसीमा दाजुकाे कलेजाे बहिनीमा निःशुल्क प्रत्यारोपण

एक्सन खबर
साउन, २०, २०८२




सांसद सुनिल शर्माकाे केएमसीमा दाजुकाे कलेजाे बहिनीमा निःशुल्क प्रत्यारोपण

काठमाडौं । स्वास्थ्य सेवामा नविनतम् उपचार प्रविधि भित्र्याउँदै नेपालकै उच्चस्तरीय स्वास्थ्य संस्थाका रूपमा स्थापित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माकाे केएमसीले  माेरङका एक दाजु–बहिनीकाे कलेजाे प्रत्याराेपण गरिदिएकाे हाे । 

मोरङ बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गरेका हुन् । केएमसीमा दाेश्राे पटक सफलतापूर्वक कलेजाे प्रत्याराेपण गरिएकाे हाे । यसअघि डडेलधुरा अमरगढी नगरपालिका–५ का ४० वर्षीय प्रदीप नगरकोटीमा उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो सफलतापूर्वक प्रत्याराेपण गरिएकाे थियाे ।

कमजाेर आर्थिक अवस्थाकी बिरामी रक्षा विगत सात वर्षदेखि कलेजाेकाे राेगबाट आक्रान्त थिइन् । माेरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले निःशुल्क कलेजाे प्रत्याराेपणकाे व्यवस्था गरिदिएपछि रक्षाकाे जीवन बचेकाे हाे । कलेजो प्रत्यारोपण विशेषज्ञ डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल तथा एनेस्थेसियोलोजिस्ट डा. सुजता निरौला लगायतको टोलीले  सफलतापूर्वक कलेजाे प्रत्यारोपण गरेका हुन् । 

छाेरीकाे जीवन बचाउन डा. सुनिल शर्मा भगवान बनेर आइदिएकाे भन्दै रक्षाका बुबाले कलेजाे प्रत्याराेपणमा संलग्न डाक्टरहरू प्रति कृतज्ञ सुनिए । ‘मेरो लागि डाक्टर सुनिल शर्मा भगवान बन्नुभयो म उहाँलाई मनबाटै नमन गर्न चाहन्छु ।’ निःशुल्क कलेजाे प्रत्याराेपणकाे व्यवस्था गरिदिएर डा. शर्माले मानवीयताकाे उच्चतम नमूना प्रस्तुत गरेकाे बुबाले भने । 

सांसद डा. शर्माले कलेजाे प्रत्याराेपण जटिल र महंगाे रहेकाे बताउँदै करिब २५ लाखकाे उपचार निःशुल्क गरिएकाे बताउनु भयाे । ‘भारतमा कलेजाे प्रत्याराेपण गर्न जानुभयाे भने ५० लाख आइसी रूपैंया लाग्छ, नेपालमा पनि मानव अङ्ग प्रत्याराेपणमा हुन्छ, टिचिङमा हुन्छ तर, २५ लाख रूपैंया खर्च लाग्छ । उहाँहरूकाे कलेजाे प्रत्याराेपण निःशुल्क गरिएकाे हाे ।’ एउटा दाजुले आफ्नी बहिनीकाे ज्यान बचाउन आफ्नाे कलेजाे काटेर दिनु सामान्य कुरा नभएकाे भन्दै सांसद शर्माले भन्नुभयाे । 

दुरदराजमा रहेका गरिब, विपन्न, असहाय नागरिकलाई निःशुल्क उपचार गराउँदै आइरहनु भएका सांसद शर्माकाे केएमसी, मिर्गाैला, कलेजाे प्रत्याराेपण लगायत गम्भिर राेगहरूकाे उपचारकाे केन्द्र बन्दै गइरहेकाे छ । दक्ष जनशक्ति, अत्याधुनिक स्वास्थ्य उपकरण, कुशल व्यवस्थापनका कारण केएमसी हरेक नागरिककाे जीवन बचाउने आस्थाकाे धराेहर बनेकाे छ । 














0 प्रतिकृया