Follow us:


Follow us

८ वैशाख २०८३, मङ्गलवार
८ वैशाख २०८३, मङ्गलवार


नेता भनेको जनताको अभिभावक भन्ने उदाहरण डा. सुनिल कुमार शर्मा

एक्सन खबर
भदौ, २९, २०८२


नेता भनेको जनताको अभिभावक भन्ने उदाहरण डा. सुनिल कुमार शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनिल कुमार शर्माले भदौ २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका युवाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारको व्यवस्था गरी, उनीहरूलाई बुकी फूल दिँदै मनोबल बढाएका छन् ।

आइतबार केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहाल नेतृत्वको टोलीलाई निर्देशन दिँदै डा. शर्माले उक्त कार्य गरेका हुन् । केएमसीमा जम्मा ८१ जना घाइते आएका मध्ये २ जनाको मृत्यु भएको छ भने २२ जनाको उपचार हाल पनि भइरहेको छ । बाँकी घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रतिनिधि सभा विघटन भइसके पनि, सांसदको पदमा नरहेकाले तलब–भत्ता नलिने एक मात्र सांसद डा. शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् ।

जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचार गराउने व्यवस्था समेत डा. शर्माकै पहलमा भएको हो । राजनीतिक र सामाजिक अस्थिरताको अवस्थामा पनि डा. शर्माको यो कदमले घाइते परिवारलाई राहत र आशा दिएको छ ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । उनले पार्टी वा पहिचानका आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म डा. शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर चलिरहेको छ ।

हालै मोरङको बेलबारीमा उनले एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी पहलमा देशका सात विभिन्न स्थानमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् । उनका यस्ता मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई थप बलियो बनाइदिएको छ ।

















0 प्रतिकृया