Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ लाई ‘एसियन ह्याकाथन २०२५’ को उपाधि

एक्सन खबर
भदौ, ३१, २०८२


नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ लाई ‘एसियन ह्याकाथन २०२५’ को उपाधि

काठमाडाैं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ ले जित्यो ‘एसियन ह्याकाथन २०२५’ को उपाधि हासिल गरेकाे छ । अन्तर कलेज स्तरीय ‘एसियन ह्याकाथन २०२५’ मा कलेजको ‘कोड टु कन्भर्ट’ समूहले उपाधि हासिल गरेकाे हाे । भदाै १९ देखि २१ सम्म एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजमा आयोजित ह्याकाथनमा शीर्ष स्थान हात पार्दै कलेजकाे उक्त समूहले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । 

उक्त समूहले ह्याकाथनमा खुद्रा सामग्रीको विश्लेषण गर्ने ‘पसले’ परियोजना अघि सारेको थियो । उनीहरूले पाइथनमा आधारित एनालिटिक्स ब्याकएन्ड (मार्केट फिट एनलाइजर) सँग इन्टिग्रेट गरेर पसले मोबाइल एप्लिकेसन तयार गरेका थिए । उक्त एपको व्यवहारिक प्रभाव र प्राविधिक पक्षहरूले निर्णायकको मन जितेकाे थियाे ।

यस्तै काठमाडौं विश्वविद्यालयबाट ‘मेन्टर मेट्रिक्स’ फर्स्ट रनर अप र ख्वप इन्जिनियरिङ कलेजबाट ‘कोत्रिकाश’ सेकेन्ड रनर अप भए । उनीहरूले क्रमश: २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

उत्कृष्ट प्रस्तुतिका लागि अमृत साइन्स क्याम्पसबाट ‘बाइट म्याभेरिक्स’ र फ्युचरिस्टिक आइडिया अवार्डबाट काठमाडौँ बिजनेस क्याम्पस सम्मानित भएका थिए । सफ्टवेरिका कलेज अफ आईटीको ‘डिबग डाइनेस्टी’ उत्कृष्ट यूआई/यूएक्स डिजाइनका लागि सम्मानित हुँदा  एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको ‘इनसिङ्क’ मेन्टर्स चोइस अवार्डबाट सम्मानित भएकाे छ ।

कार्यक्रमले देशभरका कलेजहरूबाट उत्कृष्ट युवा आविष्कारक, प्राविधिज्ञ र समस्या समाधानकर्ताहरूलाई एकै ठाउँमा ल्याएको जनाइएकाे छ ।













0 प्रतिकृया