Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


काठमाडौं मेडिकल कलेजका उत्कृष्ट नर्सिङ कर्मचारीलाई सम्मान र पुरस्कार

एक्सन खबर
असोज, १२, २०८२


काठमाडौं मेडिकल कलेजका उत्कृष्ट नर्सिङ कर्मचारीलाई सम्मान र पुरस्कार

काठमाडौं । काठमाडौं मेडिकल कलेजले उत्कृष्ट नर्सिङ विभागका कर्मचारीहरूलाई मूल्यांकन गरी सम्मान तथा पुरस्कार दिएकाे छ । कलेजले विभिन्न विभागमा कार्यरत ३९ जना नर्सिङ कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे हाे । 

कार्यक्रममा कलेजका प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायणप्रसाद दाहाल, अस्पताल निर्देशक डा. मिना थापा, नर्सिङ प्रमुख बन्दना रिजाल तथा अस्पताल सुपरभाइजर रक्षा भट्टराईको उपस्थितिमा नर्सिङ कर्मचारीलाई प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित हुने कर्मचारीमा एसआईसियु विभागका रेशा साहु र जेनिशा सिलाकार, न्युरो आईसियुकी नबिना हञ्जु, एनआईसियुकी रेश्मा बानियाँ, सर्जरी वार्डकी बिना कावन, ओटी विभागकी मनिषा श्रेष्ठ, सिलाजा पोखरेल र एकता अधिकारी, क्याथ ल्याबकी पलपसा मानन्धर र गीता सुवाल, पल्मो एचडीयुकी रोजिना महर्जन, पेडियाट्रिक वार्डकी स्नेहा थापा, एमआईसियुकी अङ्किता शाही, रञ्जिता न्यौपाने र सीता पाण्डे रहेका छन् । यस्तै गरी गाइनाे वार्डकी अर्चना जोशी र पवित्रा खतिवडा, मेडिसिन हाइ केयरकी सुकृति कर्माचार्य र पोस्ट अपकी जयन्ती चन्द रहेका छन् ।

कार्यक्रममार्फत नर्सिङ कर्मचारीहरूको समर्पण र पेशागत क्षमताको कदर गर्दै उनीहरूको मनोबल बढाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।














0 प्रतिकृया