Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेक इन्ट्रा–कलेज एसियन पेन्टस् डिजाइनको उपाधि सृष्टि न्यौपानेलाई

एक्सन खबर
मंसिर, ५, २०८२


नेक इन्ट्रा–कलेज एसियन पेन्टस् डिजाइनको उपाधि सृष्टि न्यौपानेलाई

काठमाडौं । इन्ट्रा–कलेज एसियन पेन्टस् डिजाइन प्रतियोगिताको १३ औं संस्करणको उपाधि सृष्टि न्यौपानेले प्राप्त गरेकी छन् । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा आयोजित प्रतियोगितामा २४ जना प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै वास्तुकला शाष्त्र (आर्किटेक्चर) की विद्यार्थी सृष्टिले कलेज स्तरीय उपाधिसँगै नगद पुरस्कार रु. ५० हजार रुपैंया समेत प्राप्त गरेकी छन् । 

प्रतियोगिताको फस्ट रनरअप अर्पणा कोइराला भइन्, उनले नगद रु. २५ हजार प्रमाणपत्र र ट्रफी प्राप्त गर्दा सेकेण्ड रनरअप अंकिता शर्मा भइन् । अंकितालाई नगद रु. १५ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरियो । प्रतियोगिताको सान्त्वना पुरस्कार प्रमाण पत्रसँगै नगद रु. ५ हजार सुमी दुवा श्रेष्ठले प्राप्त गरिन् ।  

बिहीबार कलेजले एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा विजयी हुनेहरु लाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी समेत प्रदान गरेको थियो । कलेजका भाइस–प्रिन्सिपल मोहनध्वज केसी, कलेज प्रशासन प्रमुख श्रीमा शर्मा वास्तुकला शाष्त्र विभागका प्रमुख राम प्रसाद सुवाल, एसियन पेन्टस्की प्रतिनिधि शितल कटुवाल, प्राध्यापकहरु लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

एसियन पेन्टस्सँगको सहकार्यमा कलेजले वास्तुकला शाष्त्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र कलालाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष डिजाइन प्रतियोगिताको आयोजना गर्दै आइरहेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले बताउनु भयो । कलेज तहमा प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुले नेपालभरको प्रतियोगितामा सहभागी हुन पाउने छन् । 
















0 प्रतिकृया