नेकद्वारा बी.इ. फर डिप्लोमा होल्डर्सका विद्यार्थीको विदाई
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)ले बी.इ. फर डिप्लोमा होल्डर्स २०१९ ब्याचका विद्यार्थीहरुलाई विदाई गरेको छ । शनिबार एक कार्यक्रमका विच कलेजले उनीहरुलाई विदाई गरेको हो । बी.इ. फर डिप्लोमा होल्डर्स कार्यक्रम कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय लिएका तथा सिटिइभिटीबाट डिप्लोमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यनार्थ सञ्चालन गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पढाई र अध्ययनलाई उमेरले रोक्दैन भन्ने उदाहरण बी.इ. फर डिप्लोमा होल्डर्स कार्यक्रमले दिएको बताउनु भयो । पढाई छाडेर लामो समयदेखि रोजगारीमा रहेका धेरै व्यक्तिहरु बी.इ. फर डिप्लोमा होल्डर्स कार्यक्रममा आएर नेपाल सरकारका उच्च ओहदामा समेत पुगेको भन्दै प्राचार्य भण्डारीले पढ्नका लागि उत्साह, जोश र लगनशीलता चाहिने बताउनु भयो । पास भएर गएका विद्यार्थीहरुले करियरसँगै परिवार र कलेजको समेत नाम बोकेर जाने भएकोले कलेजलाई आवश्यक सल्लाह र सुझाब दिनपनि अनुरोध गर्दै प्राचार्य भण्डारीले ‘अल्मुनाई’ भनेका कलेजका ब्राण्ड एम्बेष्डर समेत रहेको जिकीर गर्नुभयो ।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले विद्यार्थी जीवनमा सिकेका ज्ञान र सीपलाई ब्वहारमा उतार्दै गर्दा कलेजको नाम उच्च रहने गरी काम गर्न अनुरोध गर्नुभयो । विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै सहायक प्राचार्य केसीले करियर बनाउने क्रममा नैतिकता र इमान्दारिता महत्वपूर्ण विषय भएको औंल्याउनु भयो ।
विदाई कार्यक्रममा कलेज जीवनमा क्षणहरु सम्झँदै २०१९ ब्याचका उत्कृष्ट विद्यार्थी बासुदेव रिमालले विडिएच कार्यक्रमले आफ्नो जीवन निर्माण गर्न आवश्यक ज्ञान, सीप र अवसर प्रदान गरेको बताउनु भयो । विडिएच कार्यक्रमकै कारण आफुले काम गर्दै पढ्ने अवसर पाएको उहाँको भनाई छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययनअध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकैले यो कलेज इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीको रोजाईमा पर्दै गइरहेको छ ।
0 प्रतिकृया