Follow us:


Follow us

२ माघ २०८२, बिहिवार
२ माघ २०८२, बिहिवार


एमाले नेतृ भगबती चौधरीलाई सर्वाधिक मत

एक्सन खबर
पौष, ४, २०८२


एमाले नेतृ भगबती चौधरीलाई सर्वाधिक मत

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उद्यमशिता, आर्थिक सशक्तिकरण र युवा स्वरोजगारको पक्षमा सक्रिय नेतृ भगबती चौधरीले सर्वाधिक मत प्राप्त गर्नु भएको छ । पुष ३ गते सार्वजनिक मत परिणाम अनुसार पूर्वमन्त्री समेत रहनु भएकी चौधरीले २०४४ मत सहित खुल्ला महिला सदस्यमा सर्वाधिक मत प्राप्त गर्नुभएको हो । 

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार चौधरीले कूल खसेको २२२७ मतको ९१.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । महाधिवेशनमा प्रतिक्षा तिवारीले मधेशी महिलातर्फ २१२० र ज्वालाकुमारी साहले २०४४ मत प्राप्त गर्नुभएको छ । 

सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान प्रतिनिधि सभा सदस्य चौधरी खासगरी महिला, तथा युवा वर्गमा लोकप्रिय हुनुहुन्छ । सुनसरी ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई भारी मतान्तरले पराजित गरेपछि चर्चामा आउनु भएको हो । चौधरीले त्यसअघि गच्छदारलाई नै २०७० सालको दोश्रो संविधान सभा निर्वाचन र २०७४ सालको आम निर्वाचनमा पराजित गरेपनि जालझेलपूर्ण सड्यन्त्रको शिकार हुनुपरेको थियो । उक्त दुवै निर्वाचनमा आफुलाई सड्यन्त्रपूर्वक पराजित गरिएको भन्दै पूनः मतगणनाको माग गर्दै चौधरी सर्वोच्च अदालत गएपनि अदालतले हालसम्म फैसला नदिँदा अन्यायमा पर्नुभएको थियो । 

२०७९ सालको आम निर्वाचनमा पुनः गच्छदारसँग तेश्रो पटक निर्वाचन लड्दा ५ हजार बढी मतान्तरले पराजित गर्दै चौधरी राष्ट्रिय राजनीतिमा उदाउनु भएको हो । त्यसपछि उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा पनि काम गरेर आफ्नो लोकप्रियता बढाउनु भएको थियो । आर्थिक सशक्तिकरण, महिला अधिकार तथा विभिन्न सामाजिक कामबाट राजनीतिमा उदाउनु भएकी चौधरीले पार्टी, संगठन र देशको हितमा अझ सशक्त भएर काम गर्ने बताउनु भएको छ । 













0 प्रतिकृया