Follow us:


Follow us

३ फागुन २०८२, आइतवार
३ फागुन २०८२, आइतवार


नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू नेपाल इको प्यानल कारखानामा

एक्सन खबर
पौष, २९, २०८२


नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू नेपाल इको प्यानल कारखानामा

काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा सिभिल इन्जिनियरिङ विषयका स्नातक तह २०२४ ब्याचका विद्यार्थीहरूले आधुनिक निर्माण सामग्रीबारे व्यावहारिक ज्ञान हासिल गर्ने उद्देश्यले नेपाल इको प्यानलको कारखानाको अध्ययन भ्रमण गरेका छन् । आफ्नो शैक्षिक पाठ्यक्रमअन्तर्गत उनीहरुले नेपाल इको प्यानल कारखानाको भ्रमण गरेका हुन् । 

भ्रमणको मुख्य केन्द्रबिन्दु सिभिल इन्जिनियरिङ सामग्री अध्ययनमा समावेश गरिएको इपिएस सिमेन्टमा आधारित हल्का स्यान्डविच प्यानल थियो । फिल्ड भिजिटका क्रममा विद्यार्थीहरूले इपिएस सिमेन्ट स्यान्डविच प्यानलको संरचना, उत्पादन प्रक्रिया, प्रमुख विशेषताहरू, इन्जिनियरिङ गुणधर्म तथा सिभिल इन्जिनियरिङ निर्माणमा यसको प्रयोगबारे अवलोकन तथा जानकारी प्राप्त गरेका छन् ।

कारखाना भ्रमणको सहजीकरण नेपाल इको प्यानलका प्रोजेक्ट हेड इन्जिनियर कृष्ण सुन्दर कुम्पाखाले गर्नुभएको थियो । उहाँले प्यानलको संरचनात्मक कार्यक्षमता र फिल्डमा यसको प्रयोगयोग्यताबारे प्राविधिक व्याख्या गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभयो ।

नेपाल इको प्यानल आइएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), आइएसओ १४००१ः२०१५ (पर्यावरण व्यवस्थापन प्रणाली) तथा आइएसओ ४५००१ः२०१८ (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) प्रमाणित कम्पनी हो । कम्पनीले यस्ता शैक्षिक–औद्योगिक अन्तरक्रियाले सैद्धान्तिक अध्ययन र व्यवहारिक कार्यान्वयनबीचको दूरी कम गर्न मद्दत गर्ने तथा नेपालमा दिगो र नवप्रवर्तनात्मक निर्माण अभ्यास प्रवद्र्धन गर्ने बताएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षण विधि अनुसार विषयगत रुपमा फिल्डमै गएर अध्ययन अनुसन्धान गर्न प्रेरित गर्ने गरेको छ । 

















0 प्रतिकृया