काठमाडाैं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । अब चैत १२ गते सांसदहरूको शपथ गराइनेछ र त्यसपछि सरकार गठन हुनेछ ।
निर्वाचन परिणाम अनुसार १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ र उसैको नेतृत्वमा एकल बहुमतको सरकार बन्ने सम्भावना छ । राष्ट्रपति कार्यालयले चैत १६ गते संघीय संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।
यसविच सरकार गठन सम्बन्धमा रास्वपाले छलफल अगाडी बढाएकाे छ । उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार गठनको छलफलमा जुटेको जानकारी दिएका छन् । बिहीबार सामाजिक सञ्जालफ फेसबुकमा तस्वीर पोस्ट गर्दै वाग्लेले ‘राजकाज । आज साँझको छलफल’ भनेर उल्लेख गरेका छन् ।
तस्वीरमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति डोलप्रसाद अर्याल र वाग्ले सहभागी भएका छन् ।
0 प्रतिकृया