Follow us:


Follow us

२२ चैत २०८२, आइतवार
२२ चैत २०८२, आइतवार


पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

एक्सन खबर
चैत, १४, २०८२


पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओली निवास गुन्डु नै पुगेर ओलीलाई पक्राउ गरेकाे हाे । 

त्यसैगरी, पूर्व गृहमन्त्री रमेश लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको जनाइएको छ । यो कारबाही जेनजी आन्दोलन (भदौ २३–२४) को दमनका क्रममा भएको मानव क्षतिको अनुसन्धानसँग जोडिएको छ । उक्त घटनामा भदाै २३ मा मात्रै विद्यालय पाेशाकमा रहेका विद्यार्थी सहित १९ जनाको मृत्यु भएको थियाे छ ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय भएको हो । प्रतिवेदनमा ओली, लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ ।

कानुनी रूपमा, मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत ‘लापरबाहीपूर्वक ज्यान जाने’ कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।पूर्वप्रधानमन्त्रीमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान नेपालको इतिहासमै दुर्लभ घटना मानिन्छ । पक्राउ ‘जरुरी पक्राउ पुर्जी’का आधारमा गरिएको स्रोतले जनाएको छ ।

पक्राउपछि २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ । अहिले ओली र लेखककाे महाराजगञ्ज शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेकाे छ । नेकपा एमालेले पार्टी अध्यक्ष ओली प्रकाउ परेपछि आकस्मिक सचिवालय बैठक बाेलाएकाे छ । पार्टी सचिब महेश बस्नेतले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै  नेता कार्यकर्ताहरूलाई आन्दाेलनमा उत्रन आब्हान गरेका छन् ।















0 प्रतिकृया