Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


नेसनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

superadmin


नेसनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश दिने भएकाे छ । साे प्रयाेजनका लागि उसले आगामी ५ माघमा साधारणसभा बोलाएको छ। लघुवित्तले क्रिक रिसोर्ट धादिङबेसीमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव पारित हुनेछ । लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

सभा प्रयोजनका लागि लघुवित्तले २७ पुसदेखि ६ माघसम्म बुक क्लोज गर्ने भएको छ। यसर्थ, २६ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।













0 प्रतिकृया