• NEPAL WEATHER


    मस्कको स्याटलाइट ठोकिन खोजेको भन्दै चीनले गुहार्‍याे राष्ट्रसंघ

    superadmin


    मस्कको स्याटलाइट ठोकिन खोजेको भन्दै चीनले गुहार्‍याे राष्ट्रसंघ

    बेइजिङ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाे स्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाे भन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा ध्यानाकर्षण गरेको हो ।

    दुबै पटक मस्कको स्याटलाइट चीनको स्पेस स्टेसन नजिक पुगेको र  ठोकिनबाट जोगिन स्पेस स्टेसनका अपरेटरले आफ्नो बाटो परिवर्तन गरेको चीनको भनाई छ । स्याटलाईटको अतिक्रमणका कारण चिनियाँ अन्तरिक्ष यात्री जोखिममा परेको पनि चीनले गुनासो गरेको छ ।

    बेइजिङले अप्रिलमा पृथ्वीको सतहबाट ३९० किलोमिटरको दुरीमा स्पेस स्टेसन तियानगोंग  स्थापना गरेको थियो । मस्कको स्पेसएक्सले आफ्नो स्याटलाइटलाई अकस्मात पृथ्वीबाट  ३८२ किलोमिटरको दूरीमा राखेको र यसले चिनियाँ स्टेसनमा ठोकिने जोखिम बढेको बेइजिङको तर्क छ ।

    यसैबीच मस्कको स्याटलाइट ठोकिने जोखिम बढेपछि चिनियाँ सामाजिक सञ्जालमा विबोमा उनको कडा आलोचना भएको छ ।










    0 प्रतिकृया