वीपीका उपकुलपतिद्वारा सहकार्य एवं छलफलबाट अगाडी बढ्न अपिल
superadmin
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानमा जारी गतिराेध अन्त्यकाे लागि आपसी समन्वय, सहकार्य एवं छलफलबाट अगाडी बढ्न अनुराेध गरेका छन् ।
उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मंगलबार अपिल जारी गर्दै चिकित्सक, कर्मचारी, विद्यार्थीहरूलाई प्रतिष्ठानको सर्वोपरि हितलाई ध्यानमा राखेर एकजुट भई अघि बढ्न पनि आग्रह गरेका हुन् ।
उनले आपसी समन्वय, सहकार्य एवं छलफलबाट जहिले पनि जस्तो सुकै समस्याहरुको समाधान गर्न सकिने विश्वासका साथ वार्ता एवं छलफलको ढोका सदैव खुल्ला रहेको पनि प्रष्ट पारेका छन् । प्रतिष्ठान सुद्धिकरणकाे अभियान अन्तर्रगत महिनाैदेखि चिकित्सक, कर्मचारी र विद्यार्थीहरू संघर्षमा रहेकाले उनीहरूलाई वार्ताकाे माध्यमबाट समाधान खाेज्न उपकुलपतिले अनुराेध गरेका हुन् ।
डा.गिरीले प्रतिष्ठान परिवार एवं सरोकारवाला निकायहरु एकवद्ध भई व्यक्तिगत एवं संस्थागत कमीकमजोरीहरुलाई आत्मसात गर्दै सुधार गर्ने पनि अपिलमा उल्लेख गरेका छन् ।
विद्यमान परिस्थितिमा ऐन, नियम, कानुनको परिधि भित्र रहेर प्रक्रियागत ढंगबाट हुने निर्णयको सबैले उच्च सम्मानका साथ स्वागत गर्ने वातावरण सृर्जना गर्न उपकुलपतिकाे अपिल छ ।
0 प्रतिकृया