Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


‘स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि हो फरवार्ड सुपरमार्केट’

भरतराज शर्मा (गाेपाल)


‘स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि हो फरवार्ड सुपरमार्केट’

दुहवी । फरवार्ड सुपरमार्केट पुस १७ गतेदेखि अर्थात जनवरी १ बाट सञ्चालनमा आउँदैछ । आजबाट फरवार्ड सुपरमार्केट सञ्चालनमा आउन लागेको हो । सुनसरीको दुहवी बजारमा रहेको फरवार्ड सुपरमार्केट उक्त क्षेत्रकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सरसामान एकै छानामुनीबाट सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।

करिब २० करोडको लगानीमा स्थापना भएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषका जुत्ता चप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता प्रख्यात कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ ।  

‘हाम्रो उद्देश्य उपभोक्तालाई बजारको भन्दा सुपथ मुल्यमा स्थानीय उत्पादनदेखि विश्व बजारका प्रख्यात ब्राण्डेड सामानहरु विक्रिवितरण गर्ने भएकाले कुनैपनि सामान अन्य पसल र स्टोरको दाँजोमा सुपथ मुल्यमा पाइन्छ ।’ फरवार्ड सुपरमार्केटका डाइरेक्टर द्रव्यराज चौधरी भन्छन् ।
स्थानीय उत्पादनलाई छुट्टै स्थान सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछ । स्थानीय तहमा उत्पादित वस्तुहरुकालागि छुट्टै स्टल प्रबन्ध गरिएको छ ।



ग्राउण्ड फ्लोरः खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु

सुपरमार्केटको ग्राउण्ड फ्लोरमा दैनिक घरायसीका सामान जस्तैः नुन तेल, चीनी, दाल, चामल, मरमसला, विस्कुट, चाउचाउ लगायत दैनिक उपभोग्य वस्तुहरु तथा विभिन्न ब्राण्डका पेयपदार्थहरु पाइन्छ । मदिराका पारखीहरुले विभिन्न ब्राण्डका मदिराहरु यसै फ्लोरमा खरिद गर्न सक्छन् । युवायुवतिहरुकालागि चाहिने सौन्दर्य प्रसाधनका सामग्रीहरु पनि यसै फ्लोरमा पाइन्छ ।

साथै, ग्राउण्ड फ्लोरमै स्थानीय तहमा उत्पादित खाद्यान्न, तरकारी, फलफुलसमेत रहेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले उत्पादन गरेका सामग्री यसै फ्लोरमा पाइनेछ । माइक्रोफाइनान्समा आबद्ध ग्राहक महिला दिदिबहिनीहरुको सिप र ज्ञानलाई कदर गर्दै उनीहरुद्वारा उत्पादित परम्परागत तथा कृषिजन्य वस्तुहरुलाई बजारीकरण गर्न फरवार्ड सुपरमार्केट भित्र छुट्टै स्थान छुट्याइएको हो ।

ग्राउण्ड फ्लोरको अगाडी आकर्षक कफी सपसमेत रहेको छ । जहाँ चिया, कफी, आइसक्रिम लगायत स्वादिष्ट बेकरीको स्वाद लिन सकिनेछ ।












0 प्रतिकृया








लोकप्रिय