Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


लक्षित समूहलाई अतिरिक्त खाेप आजबाट

एक्सन खबर


लक्षित समूहलाई अतिरिक्त खाेप आजबाट

काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारकाे मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खाेपकाे थप एउटा मात्र दिइन लागिएकाे हाे । 

क-कसले पाउँछन् अतिरिक्त खाेप ?

-मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

सक्रिय क्यान्सरका रोगी

अंग प्रत्यारोपण गरेका बिरामी

एचआईभी संक्रमण भएका बिरामी

उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।  

लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।














0 प्रतिकृया