जहाँ प्रत्येक वर्ष ४ सय ४० विद्यार्थी छात्रबृत्तिमा पढिरहेका हुन्छन्
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षालाई सर्वव्यापी बनाउन अधिकतम छात्रबृत्तिहरु दिने गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका करिब आधा दर्जन विषयमा अध्यापन हुने गरेकोमा सबैमा छात्रबृत्तिहरु रहेको छ ।
कलेजले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनेदेखि सेमेष्टर परीक्षामा उत्कृष्ट हुनेलाई समेत छात्रबृत्तिहरु दिने गरेको छ । जस अनुसार कलेजमा हरेक वर्ष सय जना नयाँ विद्यार्थीले छात्रबृत्ति पाउँछन् । भने, कलेजकाे व्याचलर, मास्टर्स तहमा गरी हरेक वर्ष करिब २२ सय जना विद्यार्थीले अध्ययन गर्दा ४ सय ४० जना विद्यार्थीले छात्रबृत्ति पाउने गरेका छन् ।
‘नेपाल इन्जिनियरिङ कलेज गैरनाफामुलक शैक्षिक संस्था भएकोले विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा पठनपाठनको व्यवस्था गरेको छ ।’ विश्वविद्यालयले प्रदान गर्ने छात्रबृत्तिसँगै कलेजकै तर्फबाट छात्रबृत्ति दिइरहेको कलेजका परीक्षा छनौट समितिका संयोजक एशोसिएट प्रोफेसर दिनेश डंगोलले बताए ।
कलेजमा पोखरा विश्वविद्यालय अन्तरगत १० प्रतिशत विद्यार्थीले छात्रबृत्तिमा पढ्न पाउँछन् । पोखरा विश्वविद्यालय अन्तरगत ५२ जना विद्यार्थीहरुले छात्रबृत्ति पाउँछन् । प्रादेशिक छात्रबृत्ति अन्तरगत मुलुकका सात प्रदेशबाट अध्ययनकालागि आउने सात जना विद्यार्थीले छात्रबृत्ति पाउँछन् । भने, स्थानीय तह अर्थात कलेज रहेको चाँगुनारायण नगरपालिकाका १ देखि ४ नम्बर वडा र कागेश्वरीमनहरा नगरपालिकाका ६ र ७ नम्बर वडाहरुलाई पनि छात्रबृत्ति छुट्याएको छ ।
कुन विषयमा कति छात्रबृत्ति सिट ?
सिभिल इन्जिनियरिङ–१४
कम्प्युटर एण्ड साइन्स इन्जिनियरिङ–१०
आर्टिटेक्चर इन्जिनियरिङ–५
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ–१०
इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ–५
सिभिल फर डिप्लोमा होल्डर्स–५
जम्मा सिट–५२८
यसैगरी कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीका लागि पनि छात्रबृत्ति व्यवस्थापन गरिएको छ । परीक्षा छनौट समितिका संयोजक डंगोलका अनुसार कलेजका संस्थापकका तर्फबाट कलेज सञ्चालक समितिबाट सात जना विद्यार्थीलाई छात्रबृत्ति दिइने गरिएको छ ।
कलेजको प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक जनालाई छात्रबृत्तिको व्यवस्था गरिएको छ भने, मेरिट स्कलरसिप अन्तरगत प्रवेश परीक्षामा ८० प्रतिशत अंक ल्याउनेलाई ५० प्रतिशत ट्युसन शुल्क छुट पनि गरिएको छ । यसका अलावा प्रवेश परीक्षामा ७० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ३५ प्रतिशत र ६० देखि ६९ प्रतिशत अंक ल्याउनेलाई पनि १५ प्रतिशत ट्युसन शुल्क छुट गरिएको छ ।
यसैगरी कलेजले सेमेस्टर परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि छात्रबृत्ति दिने गरेको छ । ‘हाम्रो उद्देश्य इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ बनाउनु हो । हामी कहाँ विश्वविद्यालय र कलेज अन्तरगत करिब एक सयको हाराहारीमा विद्यार्थीहरु छात्रबृत्तिमा अध्ययन गर्छन् ।’ कलेजका प्राचार्य प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ भन्छन् । कलेजले हरेक वर्ष उक्त छात्रबृत्ति प्रदान गर्ने गरेकाे छ ।
देशका सरकारी स्तरमा रहेका कलेज तथा विश्वविद्यालयहरु पछि संभवतः नेपाल इन्जिनियरिङ कलेजले मात्रै यतिधेरै छात्रबृत्तिहरु प्रदान गरेको छ । कलेजमा आन्तरिक रुपमा पनि विद्यार्थीलाई विभिन्न छात्रबृत्तिहरु समेत छ ।
प्रयोगात्मक शिक्षण विधिमा नमूना कलेज
इन्जिनियरिङ विधाका कुनैपनि विषयमा बढीभन्दा बढी प्रयोगात्मक शिक्षण विधी हुनु नेपाल इन्जिनियरिङ कलेजको विशेषता हो । सिभिल अत्याधुनिक सुविधा सम्पन्न ल्यावहरु, आफ्न माइक्रो हाइड्रो पावर डेमो ल्याव तथा पर्याप्त भौतिक पूर्वाधार कलेजलाई मुलुककै नमूना कलेज बनाउने आधार हुन् । यहाँ शहरको कोलाहल, प्रदुषणबाट मुक्त भएर शान्त तथा हरियाली वातावरणमा विद्यार्थीले अध्ययन अध्यापन गर्न सक्छन् ।
फुलटाइम फ्याकल्टी
नेपाल इन्जिनियरिङ कलेजको अर्को विशेषता हो फुलटाइम फ्याकल्टी । कलेजमा सबै विषयहरुमा अध्यापन गराउने फ्याकल्टीहरु फुलटाइम छन् । जहाँ विद्यार्थीले कुनैपनि बेला आफुले चाहेको विषयमा आफ्ना फ्याकल्टीहरुसँग छलफल, अन्तरक्रिया गर्न सक्छन् । ‘पार्टटाइमका फ्याकल्टी राख्दा कलेजलाई आर्थिक भार त नहोला तर, विद्यार्थीको पढाईलाई असर पर्छ, कुनैपनि विषयमा विद्यार्थीले चाहेको समयमा फ्याकल्टीहरुसँग छलफल र अन्तरक्रिया गर्न सकुन भनेर हामीले फुलटाइम फ्याकल्टी राखेका हौं ।’ प्रिन्सिपल डा. श्रेष्ठ भन्छन् ।
कलेजमा ब्याचलर सिभिल इन्जिनियरिङतर्फ १४४ सिट रहेको छ । सिभिल एण्ड रुरलतर्फ ४८, आर्टिटेक्टमा ४८, कम्प्युटर इन्जिनियरिङमा ९६ तथा इलेक्ट्रिकल इन्जिनियरिङ तर्फ ४८ सिट रहेको छ । सिभिल फर डिप्लोमा होल्डर्स इन्जिनियरिङतर्फ ४८ सिट रहेको छ । सिभिइभिटी अन्तरगत डिप्लोमा गरेकालाई सिभिल इन्जिनियरिङ पढ्न नेपालमा अन्य कलेज छैन । यो विषयको अध्यापन नेपाल इन्जिनियरिङ कलेज लगनखेलमा मात्र हुन्छ । सन्ध्याकालिन समयमा पढाई हुने भएकाले कामकाजी, रोजगार, व्यवसायमा संलग्न विद्यार्थीहरुलाई अत्यन्त लाभदायक छ ।
नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । सन् १९९४ मा स्थापना भएको कलेज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा दर्ता रहेको छ ।
कलेजलाई विश्वका विभिन्न विश्वविद्यालयहरुले समेत मान्यता दिएकाले यहाँबाट प्राप्त प्रमाणपत्रको विश्वव्यापीरुपमा छुट्टै मान्यता रहेको पाइन्छ । भर्खरै मात्र कलेजले युरोपका विभिन्न ८ विश्वविद्यालयहरुसँग शिक्षा, खोज, अनुसन्धान लगायतका विषयमा एमओयू गरेर आफ्नो गरिमालाई अझ उँचो बनाएको छ । हाल कलेज चाँगुनारायण नगरपालिका अन्तरगत गठित बोर्डमार्फत सञ्चालित रहेको छ ।
0 प्रतिकृया