भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित
एक्सन खबर
एजेन्सी
नयाँ दिल्ली । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।
भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । भारतका कतिपय भिडभाडयुक्त शहरमा लकडाउन गर्न थालिएकाे छ । स्कूल कलेज, पार्टी प्यालेसहरू बन्द गर्न थालिएकाे छ ।
काेराेना संक्रमण बढेसँग सरकारले स्थानीय स्तरमा अस्पताल, काेभिड सेन्टरहरू पुनः सूचारू गर्न थालेका छन् । स्वास्थ्यकर्मीहरूलाइ सुरक्षाका मापदण्ड अपनाउँदै काममा लगाइएकाे छ। काेभिड परीक्षण र खाेपकाे मात्रा बढाइएकाे छ। साथै, नागरिकहरूलाइ पनि स्वास्थ्य सचेतना अपनाउन अनुराेध गरिएकाे छ ।
0 प्रतिकृया