Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


महराले रोल्पा पुगेर सुनाएकाे कविताले के भन्छ ?

एक्सन खबर
पाैष २५, २०७८


महराले रोल्पा पुगेर सुनाएकाे कविताले के भन्छ ?

खड्क सुनार

मुगु । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको कविता सम्झिएका छन् । रोल्पाको सुलिचौरमा भएको साहित्य महोत्सवको प्रमुख अतिथि बनेर गएका महराले कविता सम्झिएनन् मात्रै वाचन समेत  गरे ।

महराले कविताको पृष्ठभूमिबारे स्मरण गर्दै सुनाए, '२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अभिव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियौँ । त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए । त्यो पनि विद्रोहको एउटा माध्यम थियो । उहाँको विरुद्धमा बोलेर त आज राजनीतिमा सहभागी भएर देश परिवर्तनका लागि योगदान दिन पाएका छौँ ।'

‘हतारो’ पत्रिका प्रकाशनमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्टलगायतको टिमको सहभागिता रहेको महराले स्मरण गरे ।

उनले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै रोल्पा जिल्लाको बलिदान, त्याग, तपस्याको बारेमा लेख्न, बोल्न र प्रचार प्रवाह गर्न आग्रह गरे । मन्तव्य सक्दै गर्दा उनले त्यै २०३८ सालमा केविएमको नामबाट लेखेको ‘जनतालाई’ शीर्षकको कविता वाचन गरे ।

जनतालाई
– केविएम

उठ ए ! जनता हो !!
अझै लाटा भएर नबस, तिमीलाई यहाँ
अकालै मृत्युको खुम तिर धकेलिएको छ
तिमीलाई यहाँ आजै
तिम्रो मासुको भतेर लगाउन षडयन्त्र रचिँदै छ
तिमी भनेको अझै चुप लागेर बसिरहेका छौँ
कोही निदाइरहेको छौँ
बुझ ए !
कर्म त तिमी आफै बनाउन सक्छौं
तिमीले आफ्नो यात्रुलाई
राम्ररी चिनेर नाप्नै पर्दछ

उनीहरु रगत पिउनै पर्दछ
तिमीहरू थोरै छैनौ
यहाँ
उठ मात्रै
तिमी जस्ता असंख्य सर्वहाराहरूले
तिम्रा काँध मिलाएर
साथ दिने छन्
तिमीलाई !!













0 प्रतिकृया