• NEPAL WEATHER


    बाहुबलीका 'कटप्पा' को स्वास्थ्यमा समस्या

    एक्सन खबर
    पाैष २५, २०७८


    बाहुबलीका 'कटप्पा' को स्वास्थ्यमा समस्या

    एजेन्सी
    काठमाडौं । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् ।

    बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिन अघि महेश बाबु पछि 'बाहुबली' फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए । तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्थाबारे अस्पतालले औपचारिक रुपमा कुनै जानकारी नदिएको समाचारहरुमा जनाइएको छ ।









    0 प्रतिकृया